बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ६० प्रतिशत सकियो

images
आइतबार, पुस १ २०८०
images
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ६० प्रतिशत सकियो

सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्ने गरी काम गरिएको भए पनि केही थप समय लाग्न सक्ने बताइएको छ।

images
images

चितवन- भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ। भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो।

images
images
images

नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार पाइप बछ्याउने काम ८० प्रतिशत सम्पन्न भएको छ। सडक छेउमा उपकरण राख्नका लागि फाउण्डेसनको काम ४० प्रतिशत र तार बछ्याउने काम २५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए।

images
images

उनका अनुसार भूमिगत विद्युतीकरणका लागि पाइप भूमिगत गर्ने एचजिडी मेसिन तीन वटाले काम गरिरहेका छन्। ठेकेदार कम्पनीले चार वटा समूहमा चार स्थानबाट काम गरिरहेको उनले बताए।

images
images

भारतको टाटा प्रोजेक्ट लिमिटेडले विद्युतीकरणको काम गरिरहेको उनले जानकारी दिए। यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ। सुवेदीका अनुसार अमेरिकी डलरमा टेण्डर भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम २ अर्ब ५० करोड रूपैयाँ हाराहारी हुन आउँछ। 

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने उनले जानकारी दिए। बसपार्कबाट गोन्द्राङ्सम्मको ३३ केभीएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ।

सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्ने गरी काम गरिएको भए पनि केही थप समय लाग्न सक्ने उनले बताए। उनले भने, 'चालु आर्थिक वर्षको मसान्त सम्ममा विद्युतीकरण भूमिगत गर्ने काम सम्पन्न हुनेछ।'

भरतपुरका ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो। एसियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो। रासस


प्रकाशित : आइतबार, पुस १ २०८०१६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend