बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

मुहानस्थल पुगेर सभामुखले भने - मेलम्चीको पानी चाँडो काठमाडौं पुर्‍याऔँ

images
आइतबार, पुस १ २०८०
images
मुहानस्थल पुगेर सभामुखले भने - मेलम्चीको पानी चाँडो काठमाडौं पुर्‍याऔँ

मेलम्चीको पानी काठमाडौं लैजान ढिलाइ भइरहेको सन्दर्भमा सभामुख देवराज घिमिरेले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका हुन्।

images
images

सिन्धुपाल्चोक- सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौं पुर्‍याउन आग्रह गरेका छन्।

images
images
images

मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु-१ अम्बाथानको आज निरीक्षण गर्दै उनले सक्दो चाँडो काठमाडौंका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिए।

images
images

सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गरे। मेलम्चीको पानी काठमाडौं लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका हुन्।

images
images

सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराएका थिए।

उनका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत थिए। रासस


प्रकाशित : आइतबार, पुस १ २०८०१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend