बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

राष्ट्र बैंकले लचिलो नीति लिएसँगै घरजग्गा कारोबार बढ्न थाल्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १ २०८०
images
राष्ट्र बैंकले लचिलो नीति लिएसँगै घरजग्गा कारोबार बढ्न थाल्यो

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत घरजग्गा कारोबार सहज हुन सहयोग गर्नेगरी नीति लिएको थियो।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंक लचिलो नीति लिएर सकारात्मक बनेसँगै घरजग्गाको कारोबारसमेत बढ्न थालेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत घरजग्गा कारोबार सहज हुन सहयोग गर्नेगरी नीति लिएको थियो। 

images
images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकानुसार कात्तिकको तुलनामा मंसिरमा घरजग्गाको कारोबार बढेको हो।

images
images

विभागका अनुसार मंसिरमा ४१ हजार ८५१ लिखत पारित भएको छ। कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको थियो। तथ्यांकअनुसार मंसिरमा १६ हजारले कारोबार बढेको हो।

images
images

घरजग्गा कारोबारबाट मंसिरमा २ अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।

राष्ट्र बैंकको समीक्षाले घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको छ।

यस्तै ५० लाखभन्दा बढी सेयर कर्जाको जोखिमभार पनि राष्ट्र बैंकले १५० बाट १२५ मा झारेको छ। यस व्यवस्थाले घरजग्गा र सेयर बजारको क्षेत्रमा कर्जा प्रवाह बढ्ने देखिएको छ।

 


प्रकाशित : आइतबार, पुस १ २०८०१४:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend