सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अन्तरिक्ष सम्बन्धि नेपालको पहिलो 'स्पेस टेक इनोभेसन' प्रदर्शनी हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १२ २०७८
अन्तरिक्ष सम्बन्धि नेपालको पहिलो 'स्पेस टेक इनोभेसन' प्रदर्शनी हुँदै

प्रदर्शनीमा नेपाली युवाहरुले तयार पारेको रकेट, स्याटेलाइट, अन्तरिक्षसम्बन्धि उपकरणहरु, टूलहरु, सफ्टवेयरलगायतका विषयहरु प्रदर्शनमा राखिनेछ ।

काठमाडौं- अन्तरिक्ष गतिबिधि र नेपाली युवाहरुले गरेको सफलताको बारेमा जानकारी दिने उद्देश्यले पहिलो पटक स्पेस टेक इनोभेसन प्रदर्शनी हुने भएको छ ।

युथ फर नेशनले नेपालमा नै पहिलो पटक अन्तरिक्ष सम्बन्धि जानकारी दिनका लागि यहि मंसिर १४ र १५ गते दुई दिने प्रदर्शनी गर्न लागेको हो ।

प्रदर्शनीमा नेपाली युवाहरुले तयार पारेको रकेट, स्याटेलाइट, अन्तरिक्षसम्बन्धि उपकरणहरु, टूलहरु, सफ्टवेयरलगायतका विषयहरु प्रदर्शनमा राखिनेछ ।

काठमाडौंको धुम्बाराहीस्थित शखंपार्कमा आयोजना हुने दुई दिने प्रदर्शनीले नेपाल युवाहरुलाई आगामी दिनमा अन्तरिक्षको बारेमा थप चासो जगाउने र सो क्षेत्रमा आकर्षित गर्ने आयोजकले अपेक्षा राखेको छ । सो प्रदर्शनीमा अन्तरिक्ष र त्यससँग सम्बन्धित विषयहरुमा प्रदर्शन गर्नुका साथै सो सम्बन्धि ज्ञानबर्दक जानकारीहरु समेत प्रदान गरिने लक्ष्य राखिएको छ ।

स्पेस टेक इनोभेसन प्रदर्शनीमा नियर स्पेस, नास्ट, नेशनल एजुकेसन हब, एक्सप्लोर ग्रुप, रिकास्ट, काठमाडौं महानगरपालिका वडा नम्बर ४, साइन्स टिचर एसोसिएसन नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ओरेल पार्क क्यान महासंघले सहआयोजन गरेका छन् ।

प्रदर्शनीलाई दाह्री ग्याङ्ग, विपि प्लानेटरियम, अर्थ मन्त्रालयले सपोर्ट गरेका छन भने एजुकेसन पार्टनरमा मर्सी एजुकेसन, आदिम कलेज रहेका छन् ।त्यसैगरी हेल्थ पार्टनरमा डक्टर्स होम केयर रहेको छ भने टेक्नोलोजी पार्टनरमा टप नेपाल इन्टरनेशनल प्रालि र कल्की आईओटी रहेको छ ।

यसको ट्राभल पार्टनरमा कार हायर नेपालले सहयोग गरेको छ भने मिडिया पार्टनरमा रिभोसाइन्स नेपाल, टेक्नोलोजीखबर डटकम, आईसिटी फ्रेम, पिएलएखबर रहेका छन् ।

 

 

 

 

 


प्रकाशित : आइतबार, मंसिर १२ २०७८१३:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend