बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

भीमफेदीमा कोदो र फापर फलाउने किसानलाई अनुदान

images
शनिबार, मंसिर ३० २०८०
images
भीमफेदीमा कोदो र फापर फलाउने किसानलाई अनुदान

गाँउपालिकाले पालिकाभित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ।

images
images

मनहरी- मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन्। 

images
images
images

गाउँपालिकाले वडा नम्बर-३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ। पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गरे।

images
images

भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेका र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा २० लाख रूपैयाँ कोदो उत्पादन बढाउन पालिकाले अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताए। यो वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उनले बताए।

images
images

अनुदान पाएका किसानबाहेक पालिकाका अन्यले पनि कोदो खेती गर्दै आएका तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गाँउपालिकाले पालिकाभित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ। गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आथिएक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ र फापर प्रतिकेजी एक सय रूपैयाँ निर्धारण गरिएको छ। रासस


प्रकाशित : शनिबार, मंसिर ३० २०८०१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend