सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

विस्थापनतर्फ एडीएसएल, अप्टिकल फाइबर विस्तारमा आक्रामक टेलिकम 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १३ २०७८
विस्थापनतर्फ एडीएसएल, अप्टिकल फाइबर विस्तारमा आक्रामक टेलिकम 

टेलिकमले अप्टिकल फाइबर लाइन विस्तार गर्दै एडीएसएल सेवा भने विस्थापन गर्दै जाने नीति लिएको छ। 

काठमाडौं- नेपाल टेलिकमले फाइबर सेवा विस्तारमा आक्रामक देखिएको छ। पछिल्ला तीन वर्षमा टेलिकमले आफ्नो फाइबर लाइन विस्तारमा तीव्रता दिएको छ। 

२०७५ सालको कात्तिकमा ५ हजारमात्र फाइबर ग्राहक भएको नेपाल टेलिकमसँग २०७८ को असोजसम्म १ लाख ४५ हजार ६५५ ग्राहक पुगेका छन्। 

एडीएसएल पूरानो प्रविधि भएकाले गुणस्तरीय इन्टरनेट सेवा प्रवाह नभएको र बजारमा सेवाप्रदायीहरू अप्टिकल फाइबरबाट आक्रामक सेवा दिँदा टेलिकम तारबाट इन्टरनेट वितरण गर्ने सेवामा पछाडि पर्न थालेको थियो। 

पछिल्लो तीन वर्षमा सन्तोषजनक नतिजा देखिएको तर आगामी दिनमा यसले फड्को मार्ने नेपाल टेलिकमका महाप्रबन्धक डिल्लीराम अधिकारीको भनाइ छ। 

'सुरुका वर्ष पूर्वाधार निर्माणको काम पनि सँगै लिनुपर्ने थियो। त्यसका बाबजुद पनि विस्तार सन्तोषजनक छ। आगामी दिनमा यसले फड्को मार्ने छ' उनले भने। 

टेलिकमले अप्टिकल फाइबर लाइन विस्तार गर्दै एडीएसएल सेवा भने विस्थापन गर्दै जाने नीति लिएको छ। 

एडीएसएललाई अप्टिकल फाइबरले विस्थापित गर्दै जाने टेलिकमको नीतिलाई तथ्यांकले पनि पुष्टि गर्छ। जसरी अप्टिकल लाइन बढ्दै गएको छ त्यति नै एडीएसएल घट्दै आएको छ। 

२०७६ सालको बैशाखमा २ लाख १२ हजार एडीएसएल ग्राहक थिए। तर अहिले यो संख्या घटेर १ लाख ४४ हजारमा सीमित भएका छन्। 

ग्राहकहरूलाई गुणस्तरीय र विश्वसनीय इन्टरनेट सेवा दिनका लागि नयाँ प्रविधि विस्तार गर्ने र यही क्रममा एडीएसएलको ठाउँमा अप्टिकल फाइबर विस्तार गर्ने नीति अनुसार काम भएको अधिकारीले बताए। 


प्रकाशित : सोमबार, मंसिर १३ २०७८१०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend