शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

घट्यो महँगी, मुद्रास्फीति ५.३८ प्रतिशतमा सीमित

images
बिहीबार , मंसिर २८ २०८०
images
घट्यो महँगी, मुद्रास्फीति ५.३८ प्रतिशतमा सीमित

चालु आर्थिक वर्षको कात्तिकमा ५.३८ प्रतिशत रहेको बिन्दुगत मुद्रास्फीति गत वर्षको यसै अवधिमा ८.०८ प्रतिशत रहेको थियो।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै महँगी घटेको देखाएको छ।

images
images
images

सरकारले बजेटमार्फत ७ प्रतिशतभित्र मुद्रास्फीतिलाई सीमित गर्ने लक्ष्य राखेकोमा कात्तिक महिनामा मुद्रास्फीति ५.३८ प्रतिशतमा झरेको छ। जुन लक्ष्यभन्दा १.६२ प्रतिशत बिन्दुले कम हो।

images
images

चालु आर्थिक वर्षको असोजमा मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो। यस्तै भदौमा उपभोक्ता मूल्य सूचकांकका आधारमा मुद्रास्फीति ८.१९ प्रतिशत र साउनमा ७.५० प्रतिशत रहेको थियो।

images
images

चालु आवको कात्तिकमा ५.३८ प्रतिशत रहेको बिन्दुगत मुद्रास्फीति गत वर्षको यसै अवधिमा ८.०८ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत तथा खाद्याजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ प्रतिशतले मूल्यवृद्धि भएको छ। समीक्षा महिनामा ध्यू तथा तेलको १४.२३ प्रतिशत र तरकारी उपसमूहको वार्षिक उपभोक्ता सूचकांक १४.२३ प्रतिशतले घटेको छ। 


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend