बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

लोप हुँदै काठका डुंगा, संरक्षणमा जुटे रामेछापका माझी

images
बिहीबार , मंसिर २८ २०८०
images
लोप हुँदै काठका डुंगा, संरक्षणमा जुटे रामेछापका माझी

झोलुंगे पुल, सडक, यातायातका साधनको पहुँच, स्थायी मोटरेवल पुललगायत पूर्वाधार निर्माण भएसँगै काठका डुंगा विस्थापित हुँदै गएका हुन्।

images
images

रामेछाप- कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रुपमा मानिएका काठका डुंगा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन्। सडक विस्तार तथा पुलहरु निर्माण भएसँगै माझी जातिको पहिचानका रुपमा रहेको डुंगा लोप हुँदै गएपछि यहाँका माझी समुदाय संरक्षणमा जुटेको हुन्। 

images
images
images

माझी समुदायको संस्कृतिसँग जोडिएको डुंगा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका-७ स्थित सेलेघाटका माझी संरक्षणमा छुटेका छन्। 'केही वर्षपहिलेसम्म विभिन्न घाट तथा नदी वारिपारि गर्ने ठाउँमा डुंगा देख्न सकिन्थ्यो। आजभोलि कतै देखिँदैन', स्थानीय धनबहादुर माझीले भने।

images
images

सुनकोसी र तामाकोसी नदीको संगमस्थल त्रिवेणीमा धेरै डुंगा सञ्चालन हुने भएकाले उक्त ठाउँको नाम सेलेघाट रहन गएको उनले बताए। झोलुंगे पुल, सडक, यातायातका साधनको पहुँच, स्थायी मोटरेवल पुललगायत पूर्वाधार निर्माण भएसँगै डुंगा विस्थापित हुँदै गएका धनबहादुरको भनाइ थियो।

images
images

पहिले डुंगा खियाउने र माछा मार्ने पेसा माझी समुदायको जीविकोपार्जनसँग जोडिएका मुख्य पहिचान भएको स्थानीय शंकर माझीले बताए। 'राजा महेन्द्रको पालामा रामेछापमा पर्ने सुनकोसी र तामाकोसी नदी किनारका जमिन स्थानीय माझीलाई बिर्ता दिइएको थियो। सडक र पुल निर्माण हुनुअघि माझीहरुले मानिस र सामान वारिपारि गर्न ठेक्कामा काम गर्दथे', उनले भने। 

आधुनिकता आएसँगै सीमान्तकृत जातिमा पार्ने माझी समुदायको पहिचान संकटमा पर्दै गएपछि युवा पुस्ता आफ्नो संस्कृतिको संरक्षण र पहिचानका लागि जुटेका मानवीर माझीले बताए। माझी जापतको संस्कृति र पहिचान संरक्षणका लागि लोप भइसकेको डुंगा पुनः सञ्चालनमा ल्याउन स्थानीय पालिका र सरोकारवालासँग छलफल भइरहेको उनले जानकारी दिए।

जिल्लाको मन्थली, सेले, नवु, पुछि, हर्दिनीलगायत घाटमा केही वर्षअघिसम्म नियमित रुपमा डुंगा सञ्चालन हुने गरेकामा अधिकांश स्थानमा मोटरेवल पुल निर्माण भएसँगै डुंगा विस्थापित हुँदै गएका पुर्व शिक्षक एवं माझी समुदायका अगुमा सिरबहादुर माझीले बताए। उनका अनुसार डुंगा संरक्षणका लागि सेलेघाटमा प्रत्येक वर्ष जिल्लामा माझीले संयुक्त रुपमा डुंगा दौड प्रतियोगिता आयोजना गर्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend