शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

जनकपुरमा तीन दिनसम्म मदिरा र माछामासु बिक्रीवितरणमा रोक

images
मंगलबार, मंसिर २६ २०८०
images
जनकपुरमा तीन दिनसम्म मदिरा र माछामासु बिक्रीवितरणमा रोक

निर्देशनको पालना नगरे प्रचलित कानूनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

images
images

धनुषा- जनकपुरधाममा तीन दिनसम्म मदिरा तथा माछामासु बिक्री वितरणमा रोक लगाइएको छ।

images
images
images

श्रीसीताराम विवाहपञ्चमी महोत्सवको मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछामासुको बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनामा उल्लेख छ।

images
images

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिए।

images
images

यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्रीवितरण, सेवन तथा पशुपक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले बताए। निर्देशनको पालना नगरे प्रचलित कानूनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend