शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

काठमाडौंमा दैनिक दुई उडान गर्दै थाई एयरवेज

images
मंगलबार, मंसिर २६ २०८०
images
काठमाडौंमा दैनिक दुई उडान गर्दै थाई एयरवेज

थाईले काठमाडौं उडानका लागि सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसलाई नेपालका लागि जीएसए नियुक्त गरेको छ।

images
images

काठमाडौं- थाई एयरवेजले उडान संख्या बढाउने भएको छ। बैंकक-काठमाडौं-बैंकक रूटमा थाईले दैनिक उडान संख्या थप गर्ने घोषणा गरेको छ। 

images
images
images

कोरोना महमारीपछि उडान रोकेर कात्तिकदेखि फेरि उडान सुरू गरेको थाईले मंसिर २९ गतेदेखि दैनिक दुई उडान गर्ने भएको छ। 

images
images

थाई एयरवेजले यसअघि दैनिक एक उडान गर्दै आएको थियो। मंसिर २९ गतेदेखि दिनमा दुई उडान हुनेछन्। पहिलो उडान काठमाडौंबाट १:३० मा उड्नेछ भने दोस्रो उडान राति १२:२५ मा उड्नेछ। 

images
images

बैंककबाट भने पहिलो उडान १०:१५ बजे र दोस्रो उडान राति ९:१५ मा उड्नेछ। 

कोरोना महामारीसँगै बैंकक-काठमाडौं नियमित उडान बन्द गरेको थाई एयरवेजले कात्तिकदेखि उडान सुरू गरेको थियो। पछिल्लो समय यात्रुको माग बढेको भन्दै थाईले उडान थप गर्ने भएको हो। 

थाईले काठमाडौं उडानका लागि सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसलाई नेपालका लागि जीएसए नियुक्त गरेको छ। 

थाईले सन् १९६८ मै काठमाडौं उडान सुरू गरेको थियो। काठमाडौंदेखि बैंककसम्ममात्र नभएर नेपाली यात्रुका लागि बैंकक हुँदै अष्ट्रेलिया, जापान, कोरिया जानेहरू पनि थाई एयरवेज मार्फत् जान्छन्। 


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०१०:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend