सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टेस्लाका लागि ईभी आयातमा कर नघटाउन भारतीय सवारी उत्पादकको तीव्र लविङ

आइतबार, मंसिर २४ २०८०
टेस्लाका लागि ईभी आयातमा कर नघटाउन भारतीय सवारी उत्पादकको तीव्र लविङ

भारतमा कार उत्पादन गर्ने सुनिश्चितता गर्ने कम्पनीले निश्चित समयावधिका लागि १५ प्रतिशतमै विद्युतीय कार आयात गर्न पाउने व्यवस्था गर्दैछ।

काठमाडौं- भारत सरकारले अमेरिकी विद्युतीय कार उत्पादन टेस्ला इंकलाई ल्याउन भरपुर प्रयास गरिरहेको छ। टेस्लाले भारत आउन पहिलो अन्तै बनेका कार भारत ल्याएर बिक्री गर्ने र त्यसमा कर घटाउन पर्ने सर्त राख्दै आएको छ। कार बिक्री गरेर त्यसको केही समयपछि मात्र कार उत्पादन प्लान्ट स्थापना गर्न सकिने टेस्लाको भनाइ रहँदै आएको छ। 

सोहीअनुृसार भारत सरकारले पछिल्लो पटक टेस्लाको प्रस्तावमाथि चलिलो बन्दै २ वर्षभित्र प्लान्ट स्थापना गर्ने प्रतिबद्धता जनाए तत्कालका लागि आयातित विद्युतीय कारमा केही कर घटाउने संकेत भारत सरकारले गरेको छ।

सरकारको उक्त संकेतसँगै भारतमा विद्युतीय कारतर्फ उन्मुख भएका सबैजसो कम्पनीहरु आयातित विद्युतीय कारमा कर घटाउने विषयको विपक्षमा देखिएका छन्। 

भारतीय सवारी उत्पादकहरु मारुती सुजुकीदेखि महिन्द्रासँगै टाटा मोटर्सले पनि विद्युतीय कारमा हाल कायम रहेको १ सय प्रतिशत आयात कर नघटाउन सरकारी अधिकारीहरुलाई आग्रह गर्न थालिसकेका छन्। स्वदेशी लगानी तथा उद्योगलाई बचाउने हो भने यसरी आयातित कारमा कर छुट दिन नहुने राय उनीहरुको छ।

हाल भारतमा सरकारको सहयोग र सवारी उत्पादकहरुको उत्सुकताका साथ विद्युतीय सवारीमा ठूलो लगानी गरिरहेका छन्।

भारत सरकारले विद्युतीय सवारीमा आयात कर घटाउने गरी नयाँ नीति बनाइरहेको छ। भारतमा कार उत्पादन गर्ने सुनिश्चितता गर्ने कम्पनीले निश्चित समयावधिका लागि १५ प्रतिशतमै विद्युतीय कार आयात गर्न पाउने व्यवस्था गर्दैछ। 

टेस्लाले भारतमा २४ हजार डलर मूल्यको कार बनाउन प्रस्ताव गरेको छ। त्यसअघि टेस्लाका महँगा कारमा कर घटाएर भारतमा बिक्री गर्ने योजना टेस्लाको रहेको छ।

यता टेस्लाको पक्षमा मात्रै नयाँ नीति बनाउन लागेको भन्दै भारतीय सवारी उत्पादकहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय र विभिन्न विभागीय प्रमुखहरुसँगको छलफलमा बिमती राखेका हुन्। दुई पक्षबीच भएको छलफल बारे भने कसैले पनि स्वतन्त्र पुष्टि नगरेको रोयटर्सले लेखेको छ। भारतमा टाटा मोर्सले सबैभन्दा पहिले विद्युतीय कार बजारमा ल्याएको थियो। 

टाटाले भारतमा २०१९ ईभी बिजनेस सुरु गरेको थियो। टाटाले २०२१ मा आफ्नो ईभी व्यापारलाई ९ अर्ब डलर मूल्यांकन गरेर १ अर्ब डलर लगानी जुटाएको थियो। हाल प्यासेन्जर विद्युतीय कारमा टाटाको बजार हिस्सा ७४ प्रतिशत रहेको छ। हालसम्म टाटाले भारतमा ७२ हजार वटा विद्युतीय कार बिक्री गरिसकेको छ। 

टाटा मोटर्सले मात्र होइन महिन्द्राले पनि केही समयअघि ४० करोड डलर लगानी भित्र्याएको थियो। महिन्द्रा पनि विद्युतीय सवारी उत्पादनमा आक्रामक देखिएको छ। कम्पनीले विभिन्न मोडलका विद्युतीय सवारी सार्वजनिक गर्ने टाइमलाइन नै सार्वजनिक गरेको छ। त्यस्तै मारुती सुजुकी पनि विभिन्न मोडलसहित २०२५ बाट विद्युतीय सवारी लिएर बजारमा आउँदैछ। 

भारतमै उत्पादन गर्ने गरी आउँदा कुनै समस्या नभएको तर कर छुट दिएर तयारी कार आयात गर्न दिँदा भारतीय उद्योगीहरुले गरेको लगानी अप्ठेरोमा पर्ने निष्कर्ष टाटा, महिन्द्रालगायत कम्पनीको छ। अप्ठेरो अवस्था आउन नदिन सरकारले नीति बनाउँदा नै कम्पनी विशेषलाई अतिरिक्त सुविधा दिन नहुने उनीहरुको तर्कछ।

टेस्ला कुनै पनि हालतमा भारत आउन चाहन्छ। त्यसैले उसले भारत सरकारबाट सक्दो धेरै सुविधाका लागि लविङ गरिरहेको छ।


प्रकाशित : आइतबार, मंसिर २४ २०८०१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend