शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

साढे ६ किलो सुनसहित विमानस्थलबाट समातिए विदेशी नागरिक

images
आइतबार, मंसिर २४ २०८०
images
साढे ६ किलो सुनसहित विमानस्थलबाट समातिए विदेशी नागरिक

सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिम त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन्।

images
images

काठमाडौं- त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ।

images
images
images

भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको ६ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो।

images
images

विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई शनिबार राति पक्राउ गरिएको जानकारी दिए।

images
images

कार्यालयले उक्त सुन कारोबारीका सम्बन्धमा अन्य दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन। कार्यालयले पक्राउ लसिमले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन बरामद गरेको हो।


प्रकाशित : आइतबार, मंसिर २४ २०८०११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend