आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नेपालको ४० मेगावाट विद्युत भारतीय ग्रिडमार्फत आयात गर्ने बंगलादेशको निर्णय

बिहीबार , मंसिर २१ २०८०
नेपालको ४० मेगावाट विद्युत भारतीय ग्रिडमार्फत आयात गर्ने बंगलादेशको निर्णय

काठमाडौं- बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली आयातको अनुमति दिएको छ। भारतीय ग्रिडमार्फत नेपालबाट प्रत्यक्ष खरिद विधिअन्तर्गत ४० मेगावाट विद्युत आयात गर्न बुधबार बंगलादेशले स्वीकृति दिएको हो। 

बंगलादेशको आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति र राष्ट्रिय खरिद समितिको छुट्टाछुट्टै बैठकले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको हो। अर्थमन्त्री मुस्तफा कमललाई उद्धृत गर्दै बंगलादेशी सञ्चार माध्यमले भारतीय ग्रिडमार्फत नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने निर्णय भएको जानकारी दिएका छन्। 

नेपालबाट आयात हुने बिजुली तेस्रो मुलुक भारतको विद्युत ग्रिडमार्फत प्रत्यक्ष खरिद विधिबाट हुने विद्युत खरिद सम्झौतामा रहेको बंगलादेशले जनाएको छ।

बंगलादेशले नेपालबाट ५ सय मेगावाट बिजुली खरिद गर्ने लक्ष्य लिएको छ।

बंगलादेशले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा त्रिपक्षीय लगानी तथा सहयोग अभिवृद्धि गर्न संयन्त्र बनाउने प्रस्ताव पनि गरेको छ। 

बंगलादेशले त्रिपक्षीय संयुक्त कार्यदल र संयुक्त सञ्चालन समिति गठन गर्ने सम्झौताको मस्यौदा नेपाल र भारत दुवैलाई पठाएको हो। नेपालको ऊर्जा क्षेत्रमा नयाँ विकासको चरण सुरु हुनेगरी बंगलादेशको प्रस्ताव आएको छ। 

नेपालमा जलविद्युत् आयोजनामा संयुक्त लगानीसहित विद्युत् व्यापारका विषयमा द्विपक्षीय वार्ता भइरहेका बेला बंगलादेशले उच्चस्तरीय त्रिपक्षीय संयन्त्र स्थापना गर्ने प्रस्ताव पठाएको हो।

रतीय प्रसारण पूर्वाधारबाट ४० मेगावाट निर्यात गर्नुका साथै नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि समर्पित प्रसारण लाइन स्थापना गर्नका लागि दक्षिणी छिमेकीको सहयोग अत्यावश्यक भएकोले भारतीय भू(भागलाई विद्युत् लाइनमा प्रयोग गरिने भएको छ।

त्यसैगरी नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको सुनकोशी-३ जलविद्युत् आयोजना निर्माणमा भारतलाई संलग्न गराउने समझदारी भएको छ। परियोजनाबाट उत्पादित बिजुली बंगलादेशमा निर्यात गर्न भारतीय सहयोग अत्यावश्यक हुने भएकोले बंगालदेशले त्रिपक्षीय संयन्त्रको प्रस्ताव गरेको हो। 

मध्य नेपालको रामेछाप र काभ्रे जिल्लाको सिमानामा रहेको सुनकोशी-३ जलविद्युत् आयोजनाको विकासका लागि नेपाल र बंगलादेशबीच लामो समयदेखि कुरा हुँदै आएको छ। बंगलादेशले पनि भारतको जीएमआर समूहलाई नेपालस्थित ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजनाबाट ५०० मेगावाट बिजुली खरिद गर्ने सम्झौता गर्न इच्छुक रहेको भन्दै आशयपत्र जारी गरेको छ।

अप्रिल २०२२ मा नेपाल र भारतबीचको ऊर्जा क्षेत्र सहयोगसम्बन्धी संयुक्त भिजन स्टेटमेन्टमा दुई देशले सहयोग विस्तार गर्न र नयाँ ९बंगलादेश, भुटान, भारत र नेपाल० ढाँचाअन्तर्गत साझेदार देशहरूलाई समावेश गर्न सहमत भएका थिए।

हालसम्म नेपाल, भारत र बंगलादेशसँग ऊर्जा क्षेत्रमा काम गर्ने त्रिपक्षीय संयन्त्र छैन। अधिकारीहरूका अनुसार नेपाल र बंगलादेश दुवैले दक्षिणी छिमेकीलाई यस्तो संयन्त्रका लागि अनुरोध गर्दै आएका छन्।

त्रिपक्षीय सहयोगको मुद्दा यस्तो समयमा आएको हो जतिबेला तीनवटै देशले नवीकरणीय ऊर्जामा जोड दिइरहेका छन्।

उदाहरणका लागि नेपालले सन् २०३० सम्ममा कुल ऊर्जाको मागमा १५ प्रतिशत नवीकरणीय ऊर्जा(जलविद्युत र अन्य वैकल्पिक ऊर्जाबाट पूरा गर्ने लक्ष्य राखेको छ।

भारत सरकारले सन् २०३० सम्ममा ५०० गिगावाट स्थापित नवीकरणीय ऊर्जाको महत्वाकांक्षी लक्ष्य राखेको छ भने बंगलादेशले पनि सन् २०४१ सम्ममा आफ्नो ४० प्रतिशत विद्युत नवीकरणीय ऊर्जाबाट उत्पादन गर्ने लक्ष्य राखेको छ।


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend