सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

२०२३ का १० विश्वसनीय कार ब्रान्ड, कुन कुन ब्रान्ड आउँछन् नेपाल?

आइतबार, मंसिर १७ २०८०
२०२३ का १० विश्वसनीय कार ब्रान्ड, कुन कुन ब्रान्ड आउँछन् नेपाल?

ब्रान्डले उत्पादन गरेको मोडलका कार प्रयोग गर्दा उपभोक्ताले पाएको सन्तुष्टि र समस्याका आधारमा ब्रान्डको विश्वसनीयता मापन हुँदै आएको छ।

काठमाडौं- सवारीसाधन आवश्यकता र विलासी दुवैको पर्यायजस्तै बनिसकेको छ। त्यसमा पनि कुन ब्रान्डको कस्तो मोडल भन्ने विषयमा पनि पारखी उपभोक्ताहरू केन्द्रित हुने गरेका छन्।

विश्वभर दर्जनौँ ब्रान्डका हजारौंँ मोडल बजारमा उपलब्ध छन्। आधुनिक समयका स्मार्ट उपभोक्ता ब्रान्ड कन्सियस छन्। त्यसमा पनि कुन मोडलको किन्ने भन्ने कुरा बजेट र इच्छामा बढी निर्भर हुने गरेको पाइन्छ। 

नेपाल आफ्नै सवारी ब्रान्ड नभए पनि संसारभरका प्रख्यात ब्रान्डका सयौँ मोडलका कार उपलब्ध रहेको छ। सामान्यतः मारुती सुजुकीदेखि मर्सिडिज, बीएमडब्लू हुँदै टेस्लासम्मका कार नेपाली सडकमा गुडिरहेका छन्। 

ब्रान्डले उत्पादन गरेको मोडलका कार प्रयोग गर्दा उपभोक्ताले पाएको सन्तुष्टि र समस्याका आधारमा ब्रान्डको विश्वसनीयता मापन हुँदै आएको छ। यहाँ २०२३ का सर्वाधिक विश्वसनीय कार ब्रान्डबारे उल्लेख गरिएको छ। कन्जुमर्स रिपोर्टले १० सर्वाधिक विश्वसनीय कार ब्रान्ड छनोट गरेको छ। 

lexus.jpeg

१) लेक्सस-

विश्व चर्चित जापानी ब्रान्ड टोयोटाको विलासी ब्रान्ड हो लेक्सस। लेक्ससका कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले उपलब्ध गराएको हो। तर पछिल्लो समय महँगो भएको भन्दै लेक्ससका गाडी आयात भइरहेको छैन। लेक्ससले पछिल्लो १२ महिनामा उपभोक्तामा गरिएको सर्भेका आधारमा १ सयमा लेक्ससले ७९ अंक पाएको छ।

melamchi - mahindra raya yadav - khanepani mantri.jpg

२) टोयोटा-

विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी हो टोयोटा। जापानी कम्पनी टोयोटा संसारभरका मध्यमवर्गीयहरूको रोजाइको कार हो। तर नेपालमा भने टोयोटाका कार महँगो पर्छ। युनाइटेड ट्रेडर्स सिन्डिकेटले ल्याउने टोयोटा विश्वको सबैभन्दा धेरै बिक्री हुने कार ब्रान्ड हो। टोयोटाले १ सय अंकको विश्वसनीयता सर्भेमा ७६ नम्बर पाएको छ। 

३) मिनि-

तेस्रो सर्वाधिक विश्वसनीय ब्रान्डका रुपमा मिनि रहेको छ। यो युरोपेली ब्रान्डको स्वामित्व जर्मन अटोमोबाइल कम्पनी बीएमडब्लूसँग छ। मिनिका नेपाली बजारमा भने उपलब्ध छैन। विश्वसनीयता सर्भेमा मिनिले ७१ अंक पाएको छ। 

४. अकुरा-

विश्वसनीय कार ब्रान्डको चौथो स्थानमा जापानी कार उत्पादक कम्पनी होन्डाको लक्जरी ब्रान्ड अकुरा रहेको छ। अकुराका कार नेपाली बजारमा भने उपलब्ध छैन। होन्डाकै कार बिक्री गर्न नसकिरहेकाले पनि स्कायार ट्रेडिङले अकुरा ल्याउने आँट नगरेको हो। तर अकुरा विश्व बजारको विश्वसनीय ब्रान्ड भएको र यसले ७० अंक पाएको छ। 

melamchi - mahindra raya yadav - khanepani mantri.jpg

५) होन्डा-

पाँचौँ विश्वसनीय ब्रान्डका रुपमा जापानी कार उत्पादक कम्पनी होन्डा रहेको छ। होन्डाका कार नेपाली बजारमा उपलब्ध छ। ज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङले विगतमा राम्रै संख्यामा होन्डाका कार बिक्री गरिरहेकोमा अहिले शून्यप्रायः रहेको छ। विश्व बजारमा भने होन्डाको कार विश्वसनीय मानिन्छ। २०२३ का लागि गरिएको विश्वसनीय ब्रान्डको सर्भेमा होन्डाले ७० अंक पाएको छ।

६) सुवारु-

सुवारु जापानी विलासी कार उत्पादन कम्पनी हो। सुवारुका कार नेपाली बजारमा पनि उपलब्ध रहेको छ। विजय मोटर्सले नेपालमा बिक्री गर्दै आएको सुवारु २०२३ को विश्वसनीय कार ब्रान्डको सूचीमा छैटौँ स्थानमा रहेको छ। सुवारुले रिलायविलिटी सर्भेमा ६९ अंक पाएको छ। 

melamchi - mahindra raya yadav - khanepani mantri.jpg

७) माज्दा-

विश्वसनीय कार ब्रान्डको सूचीमा सातौँ स्थानमा पनि जापानी ब्रान्ड नै रहेको छ। माज्दाले विश्वसनीयता सर्भेमा ६९ अंक पाएको छ। माज्दाका कार पनि नेपाली बजारमा विगत लामो समयदेखि बिक्री हुँदै आएको छ। हाल माज्दाका कार नेपाली बजारमा विशाल समूह अन्तर्गतको पारामाउन्ट मोटर्सले उपलब्ध गराउँदै आएको छ। 

८) पोर्स्से-

जर्मन विलासी कार ब्रान्ड पोर्स्सेले विश्वसनीयता सर्भेमा ६६ अंक पाएको छ। पोर्स्सेले विलासी स्पोर्टस कार उत्पादन गर्दै आएको छ। विगतमा केही कार आयात भएको भएपनि त्यसयता यो ब्रान्डको कार नेपालमा आएको छैन। पोर्स्से फक्सवागेन समूहको मातहतमा रहेको कम्पनी हो। 

melamchi - mahindra raya yadav - khanepani mantri.jpg

९) बीएमडब्लू-

जर्मन विलासी कार उत्पादक कम्पनी बीएमडब्लूले विश्वसनीयता सर्भेमा ६४ अंक पाएको छ। बीएमडब्लूका कार नेपाली बजारमा पनि उपलब्ध रहेको छ। लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लूका कार नेपाली बजारमा बिक्री गर्दै आएको छ।

melamchi - mahindra raya yadav - khanepani mantri.jpg

१०) किया-

विश्वसनीय कार ब्रान्डमा कोरियाली कार उत्पादक कम्पनी किया दशौँ स्थानमा रहेको छ। २०२३ का विश्वसनीय कार ब्रान्डको सर्भेमा कियाले ६१ अंक पाएको छ। कियाका कार नेपाली बजारमा उपलब्ध छन्। कन्टिनेन्टल ट्रेडिङले विगत लामो समयदेखि कियाका कार बिक्री गर्दै आएको र नेपाली उपभोक्ताको रोजाइको ब्रान्ड बनेको छ किया।  


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend