आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

माथिल्लो अरुण बनाउन २ अर्ब २३ करोड १९ लाख मुआब्जा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १४ २०८०
माथिल्लो अरुण बनाउन २ अर्ब २३ करोड १९ लाख मुआब्जा

उत्तर-दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया-६ को जमिन प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ भने राजमार्गले छोएको तर बस्ती नभएका हटिया-६ को जग्गा प्रतिरोपनी १० लाख रुपैयाँ निर्धारण गरिएको छ।

सङ्खुवासभा- सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा २ अर्ब २३ करोड १९ लाख रुपैयाँ मुआब्जा रकम वितरण गरिएको छ। 

आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ। आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए। 

आयोजना प्रभावित क्षेत्रका तीन सय १९ घरमध्ये दुई सय ९८ घरधनीलाई मुआब्जा वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए। आयोजनाबाट सात सय ८८ का तीन सय १९ घर प्रभावित छन्। आयोजनाले भोटखोला गाउँपालिका-२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयवासीले मुआब्जा पाउने छन्।

उत्तर-दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया-६ को जमिन प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ भने राजमार्गले छोएको तर बस्ती नभएका हटिया-६ को जग्गा प्रतिरोपनी १० लाख रुपैयाँ निर्धारण गरिएको छ।

जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्ब २६ करोड छ। सन् २०२४ को मध्यदेखि आयोजनाको निर्माण सुरु हुनेछ। काम सुरु भएको छ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ। 

पहुँचमार्ग निर्माण सुरु

आयोजनाको पहुँचमार्ग निर्माण थालिएको छ। नेपाल विद्युत् प्राधिकरणले २.०३ किलोमिटर सुरुङ मार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माण भारतीयको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम अघि बढाएको छ। 

पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने छ। पहुँचमार्ग भोटखोला गाउँपालिका-४ छोराङदेखि भोटखोला-२ रुकुमाफेदीसम्मको पहुँचमार्ग निर्माण गर्नेछ। रासस


प्रकाशित : बिहीबार , मंसिर १४ २०८०१३:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend