सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आईआईडीएसले ल्यायो 'फेलोशिप'

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ९ २०७८
आईआईडीएसले ल्यायो 'फेलोशिप'

यो कार्यक्रममा आईआईडीएस, सांग्रिला डेभलपमेन्ट र प्रभु क्यापिटल लिमिटेडले सयुक्त रुपमा स्रोत जुटाउनेछन्। 

काठमाडौं- सर्वाङ्गीण विकासअध्ययनकेन्द्र (आईआईडीएस) 'आईआईडीएस फेलोसिप कार्यक्रम'  सुरुवात गरेको छ। 

४३ औंवार्षिकोत्सवको अवसरमा आईआईडीएसले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपालसँगको सहकार्यमा यो फेलोशिप कार्यक्रम ल्याएको हो। 

सन् २०१६ मा सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर्स इन् पब्लिक पोलिसी) कार्यक्रम सुरु गर्न आईआईडीएसले काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको थियो। 

शिक्षित युवाहरूको क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई एक वर्षसम्म नेपालका स्थानीय सरकारहरूसँग संलग्न भई सार्वजनिक प्रशासन र सेवा प्रवाह, नेतृत्व, नीति निर्माण र अनुसन्धान कार्यमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर दिनका लागि यो फेलोशिप कार्यक्रम सुरु गरिएको आईआईडीएसले जानकारी दिएको छ। 

विश्वविद्यालयहरूबाट भर्खरै मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतका कार्यक्रममा स्नातकोत्तर पूरा गरेका एक सय युवाहरूलाई प्रत्येक वर्ष यो अवसर दिइने छ। 

पहिलो चरणको कार्यक्रम सन् २०२२ मा हुने स्थानीय निर्वाचनपछि सुरु गरी पाँच वर्षको अवधिभित्र देशका सम्पूर्ण ४६० वटा गाउँपालिकालाई यो कार्यक्रममा आबद्ध गराउने लक्ष्य आईआईडीएसले लिएको छ। 

यो कार्यक्रममा आईआईडीएस, सांग्रिला डेभलपमेन्ट र प्रभु क्यापिटल लिमिटेडले सयुक्त रुपमा स्रोत जुटाउनेछन्। 

 


प्रकाशित : बिहीबार , मंसिर ९ २०७८१२:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend