सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टाटा टियागो ईभी : दुई महिनामा ७ सय ५८ वटा डेलिभरी; ५ सयभन्दा बढी बुकिङ, जनवरीदेखि मूल्य बढ्ने

शुक्रबार, मंसिर ८ २०८०
टाटा टियागो ईभी : दुई महिनामा ७ सय ५८ वटा डेलिभरी; ५ सयभन्दा बढी बुकिङ, जनवरीदेखि मूल्य बढ्ने

अक्टोबर र नोभेम्बरको हालसम्ममा सिप्रदीले ७ सय ५८ वटा टियागो ईभी उपभोक्तालाई हस्तारन्तरण गरिसकेको छ। 

काठमाडौं- टाटा मोटर्सले उत्पादन गरेको विद्युतीय कार टियागो ईभी  नेपाली उपभोक्ताले निक्कै रुचाएका छन्। सहरी याात्राका लागि उपयुक्त भएकाले साना कार किन्न चाहनेको रोजाइमा टियागो ईभी गरेको हो। 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२३ मा विद्युतीय ह्याचब्याक कार टियागो ईभी सार्वजनिक गरेको थियो। त्यसको केही दिनअघिबाट बुकिङ समेत खुलाइएको थियो। अक्टोबर र नोभेम्बरको हालसम्ममा सिप्रदीले ७ सय ५८ वटा टियागो ईभी उपभोक्तालाई हस्तारन्तरण गरिसकेको छ। 

सिप्रदीका अनुसार अहिलेसम्म ५ सयभन्दा बढी उपभोक्ताले टियागो ईभी बुकिङ गरेको र क्रमिक रुपमा उनीहरुलाई डेलिभरी दिनेक्रम जारी छ। टियागो ईभी प्रति उपभोक्ताको उत्साहजनक चासो, बुकिङ र खरिदका लागि जिज्ञासा आइरहेको सिप्रदी ट्रेडिङका प्यासेन्जर बिजनेस हेड सावन्तजंग सिजापतीले जानकारी दिए। 

नाडा अटो शोमा सार्वजनिक गर्दा सिप्रदीले टियागो ईभीको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तय गरेको थियो। अब भने कम्पनीले टियागो ईभीको नयाँ मूल्य तोक्ने भएको छ। आगामी जनवरीदेखि लागु हुने गरि टियागो ईभीको नयाँ मूल्य आउने छ। 

पाँच सिट क्षमकताको छरितो कार त्यसमा पनि विद्युतीय भएकाले टियागो ईभी प्रति सहरी कामकाजी व्यक्तिहरुको रोजाइमा परेको छ। विश्वसनीय ब्रान्डको र रिजनेवल मूल्यमा आएकाले टियागो ईभी खरिदमा उपभोक्ता आकर्षित भएका हुन्। 

हालसम्म जति टियागो ईभी डेलिभरी दिइएको र बुकिङ भएको छ ती सबै कार नाडामै सार्वजनिक भएको इन्ट्रोडक्टरी प्राइसमै उपभोक्तालाई उपलब्ध गराइने सिजापतीले जनाकारी दिए। ‘हामीले बुकिङ लिएका र नयाँ मूल्य तय हुनुअघि बुकिङ लिने सबै उपभोक्तालाई हालकै मूल्य अर्थात २१ लाख ९९ हजार उपलब्ध गराउँछौं,’ सिजापतीले भने, ‘जनवरी पहिलो साता टियागो ईभीको नयाँ मूल्य तय हुनेछ।’ 

हाल टियागो ईभीको मूल्य २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँ रहेको छ। जनवरीमा मूल्य समायोजन हुँदा टियागो ईभीको मूल्य १ लाख रुपैयाँ वा त्योभन्दा केही बढीले बढ्ने अनुमान गरिएको छ। 

kulman 11.JPG

टियागो ईभी दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध रहेको छ। १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री उपलब्ध छ। १९.२ ब्याट्री प्याक रहेको यो ईभीले २ सय ५० किलोमिटर र २४ किलोवाट आवर ब्याट्रीयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। 

सिप्रदीले टियागो ईभी ४ कलर अप्सनमा उपलब्ध गराएको छ। टाटाले हाल भारतीय बजारमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स, टिगोर ईभी र टियागो ईभी बिक्री गर्दै आएको छ। टाटाका सबै विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। 

लिक्युड-कुल्ड ब्याट्री र मोटरका साथ उपलब्ध टियागो ईभीमा कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ। विद्युतीय कारको बिक्री बढेसँगै सिप्रदीले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा चार्जिङ नेटवर्क विस्तारमा समेत विशेष ध्यान दिएको छ। 

टियागो ईभीमा १५ एम्पियर प्लगबाट चार विभिन्न चार्जिङ अप्सन दिइएको छ। ३.३ केडब्लू एसी र ७.२ केडब्लू एसी होम फास्ट चार्जरले ३० मिनेट चार्ज गर्दा ३५ किलोमिटर कार कुदाउन सकिन्छ। १० देखि सय प्रतिशत पुग्न ३ घण्टा ३६ मिनेट लाग्ने छ भने टियागो ईभीका लागि डीसी फास्ट चार्जिङ पनि उपलब्ध छ।


प्रकाशित : शुक्रबार, मंसिर ८ २०८००४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend