सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

किया ईभी सिक्स ८ दिनमा नेपाल आइपुग्ने, अर्को साताबाट डेलिभरी

मूल्य सवा करोड, रेन्ज ५ सय १० किलोमिटर

मंगलबार, मंसिर ५ २०८०
किया ईभी सिक्स ८ दिनमा नेपाल आइपुग्ने, अर्को साताबाट डेलिभरी

यो कारले एक पटकको फुल चार्जमा ५ सय १० किलोमिटर रेन्ज दिने छ भने यसमा १ सय ६० किलोवाट पिक पावरको मोटर रहेको छ। 

काठमाडौं- किया मोटर्सको नयाँ विद्युतीय कार ईभी सिक्स अबको ८औँ दिनमा नेपाल आइपुग्ने भएको छ। लामो समयको प्रतिक्षापछि आकर्षिक डिजाइन र उत्कृष्ट माइलेजसहितको ईभी सिक्स आउने भएको हो। 

कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ केही समयअघि नै किया ईभी सिक्सको बुकिङ खुला गरेको थियो। दसैँअघि नै नेपाल आइपुग्ने भनिएपनि उक्त कार तिहारपछि मात्र आइपुग्ने भएको हो।  

निकै अघिदेखि आउने चर्चा भइरहेको ईभी सिक्स नेपाल आउने निश्चित भएसँगै कन्टिनेन्टलले बुकिङ खुलाएको थियो। ठूलै संख्यामा बुकिङ लिइएको किया ईभी सिक्स नोभेम्बर २९ मा नेपाल आइपुग्ने र आगामी साताबाट बुकिङ लिएका उपभोक्तालाई कार हस्तारन्तरण थालिने कम्पनीले जनाएको छ। 

कियाका विद्युतीय कार धेरै अघिदेखि नेपाली बजारमा बिक्री हुँदै आएको छ। अघिल्लो वर्ष नै नेपाल ल्याउने योजना बनाएको भएपनि सरकार विद्युतीय कारमा अस्वभाविक कर बढाएपछि कियाका विद्युतीय कार आयात राकिएको थियो। विश्व बजारमा राम्रो प्रतिक्रिया पाइरहेको किया ईभी सिक्स आकर्षक डिजाइन र विशेषतायुक्त रहेको छ। 

किया ईभी सिक्सको नेपाली बजार मूल्य १ करोड २४ लाख रुपैयाँ तय हुने कम्पनी स्रोतको भनाइ छ। किया ईभी सिक्समा ७७.४ किलोवाट आवरको ब्याट्री रहेको छ। 

यो कारले एक पटकको फुल चार्जमा ५ सय १० किलोमिटर रेन्ज दिने छ भने यसमा १ सय ६० किलोवाट पिक पावरको मोटर रहेको छ। 

किया ईभी सिक्स ई-जीएमपी सकेटबोर्ड आर्किटेक्चरमा आधारित कियाको पहिलो मोडल हो। 

कियाको विद्युतीय कार ईभी सिक्सले २०२२ को कार अफ दि इयरको उपाधि पाएको थियो। दक्षिण कोरियाली कार उत्पादकले पाएको यो नै पहिलो ठूलो अवार्ड हो। गत वर्ष कम्पनीको रिब्रान्डिङ गरेपश्चात प्राप्त यो अवार्ड कियाका लागि निकै लाभदायी हुनेछ। कियाले ४ वर्षअघि लोगो परिवर्तन गरेर रिब्रान्डिङ गरेको थियो। 

यो अवार्ड प्राप्त गर्नु कार उत्पादकका लागि प्रगिष्ठाकै विषय बन्ने गरेको छ। उच्च कोटीको इन्टेरियर र स्पोर्ट युटिलिटीमा रहेको प्रचलन बाहिरको बडी स्टाइलका कारण यो कार निकै आकर्षक बनेको छ। यो कार रियर अलह्वील ड्राइभ चेसिसको साथमा उपलब्ध छ।

ईभी सिक्सको इन्टेरियर फराकिलो स्पेस रहेको छ भने ड्यासबोर्ड टच स्क्रिन बटनका साथै स्विच प्यानलको रुपमासमेत अलग्याउन सकिन्छ। यसको सहायताले कारभित्र मनोरञ्जन, एसी, हिटरसहित भ्यान्टिलेसन नियन्त्रण गर्न सकिन्छ।

किया ईभी सिक्सको सगमेन्टमा राम्रै प्रतिस्पर्धा हुने देखिएको छ। केही मोडल आइसकेको र अन्य केही मोडल आउने क्रममा रहेका छन्। 


प्रकाशित : मंगलबार, मंसिर ५ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend