आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ३ २०८०
तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र

उक्त मार्गले तीन पालिकाका लाभान्वित हुनेछन्। सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा पुलकित भएका छन्। 

तनहुँ- तनहुँमा तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ। जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो। 

व्यास नगरपालिका-५ मानुङकोट, म्याग्दे गाउँपालिका-१ धारादी र भीमाद नगरपालिकाको सिमाना जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको हो। 

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँले कार्यान्वयन गरेको यस सडक योजनाको निर्माणस्थल व्यास नगरपालिका र म्याग्दे गाउँपालिका रहेको छ।  

उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर होमनाथ गौतमले जानकारी दिए। 

उक्त मार्गले तीन पालिकाका लाभान्वित हुनेछन्। सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा पुलकित भएका छन्। रासस


प्रकाशित : आइतबार, मंसिर ३ २०८०१२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend