शुक्रबार, मंसिर २२ गते २०८०    

२० हजार डलरमै आयो कियाको ईभी फाइभ एसयूभी, ठूला ईभी उत्पादकसँग प्रतिस्पर्धा होला? 

images
images
२० हजार डलरमै आयो कियाको ईभी फाइभ एसयूभी, ठूला ईभी उत्पादकसँग प्रतिस्पर्धा होला? 

ईभी फाइभको लङ रेन्ज मोडलमा ८८.१ किलोवाट आवरको ब्याट्री प्याक छ भने यसले एक पटकको फुल चार्जमा ७ सय २० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

काठमाडौं- कोरियाली कार उत्पादक कम्पनी किया विद्युतीय कार उत्पादनमा आक्रामक बनेको छ। ईभी सिक्स बजारमा ल्याएर विद्युतीय कार उत्पादनमा प्रवेश गरेको कियाले ईभी नाइन एसयूभी पनि विश्व बजारमा ल्याइसकेको छ। 

images
images
images

विद्युतीय कार सेगमेन्टमा ईभी वानदेखि ईभी नाइनसम्मको लाइनअपको कन्सेप्ट कियाले सार्वजनिक गरिसकेको छ। यो पोर्टफोलियोमा सस्तो मूल्यको ह्याचब्याक ईभीदेखि प्रिमियम एसयूभीसम्म समावेश छन्। 

images

यस्तैमा कियाले चीनमा ईभी फाइभ एसयूभी शुक्रबार सार्वजनिक गरेको हो। यो विद्युतीय एसयूभीको सुरुवाती मूल्य २० हजार अमेरिकी डलर तय गरिएको छ। ईभी फाइभले टेस्लाको मोडल वाईसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

images

चीनमा उत्पादन प्लान्टसहित आक्रामक बजार विस्तार योजना अमेरिकी कार उत्पादक टेस्लाले लिएको छ। टेस्लाको उक्त योजनामा कियाको आकर्षक मूल्यसहित विद्युतीय एसयूभी आएकाले रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

images

के कियाले विश्वको सबैभन्दा ठूलो विद्युतीय कार उत्पादक टेस्लासँग प्रतिस्पर्धा गर्न सक्ला? भन्ने प्रश्न उठ्न थालेको इलेक्ट्रिक डटकोले लेखेको छ। सो प्रतिस्पर्धामा कियाको नयाँ कम्प्याक्ट विद्युतीय एसयूभीले राम्रै मद्दत गर्ने अनुमान हुन थालेको छ। 

कियाले ईभी फाइभ गएको अगस्टमा औपचारिक रुपमा सार्वजनिक गरेको थियो। चीनमा भने २५ अगस्टमा प्रिअडर खुलाएको थियो। उक्त समयमा अनुमान गरिएभन्दा निक्कै कम मूल्यमा कियाले ईभी फाइभ चिनियाँ बजारमा सार्वजनिक गरेको हो। त्यतिबेला ४० हजार डलरमा ईभी फाइभ सार्वजनिक हुने अनुमान गरिएकोमा सार्वजनिक हुँदा अनुमानभन्दा आधा मूल्यमा आएको छ। 

किया ईभी फाइभको मूल्य २० हजार ७ सय डलर तोकिँदा चीनमा टेस्ला मोडल वाईको सुरुवाती मूल्य ३७ हजार डलर छ। मोडल वाईको मूल्य विभिन्न समयमा कटौती भएर ३७ हजार डलरमा आइपुगेको हो। 

किया ईभी फाइभ ४६ सय १५ एमएम लामो, १८ सय ७५ एमएम फराकिलो र १७ सय १५ एमएम अग्लो छ भने टेस्ला मोडल वाई ४७ सय ६० एमएम लामो, १७ सय २१ एमएम फराकिलो र १६ सय २४ एमएम अग्लो छ। यो भनेको यी दुई विद्युतीय एसयूभी प्रत्यक्ष प्रतिस्पर्धी हुन्। 

कियाको यो एसयूभी चिनियाँ विद्युतीय कार उत्पादक बीवाईडीका कारभन्दा कम मूल्यको हो। बीवाईडीको सस्तो ह्याचब्याक कार डल्फिनको चिनियाँ सुरुवाती मूल्य १७ हजार डलर छ। कियाले २० हजार डलरमै एसयूभी ल्याएको छ। 

२० हजार डलरमा सार्वजनिक भएको किया ईभी फाइभमा ६४.२ किलोवाटको ब्याट्री प्याक रहेको छ। एक पटकको फुलचार्जमा ५ सय ३० किलोमिटर रेन्ज दिने दाबी गरिएको यो ईभीमा १ सय ६० किलोवाटको मोटर जडान गरिएको छ। त्यस्तै ईभी फाइभको लङ रेन्ज मोडलमा ८८.१ किलोवाट आवरको ब्याट्री प्याक छ भने यसले एक पटकको फुल चार्जमा ७ सय २० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

विगतमा सोल ईभी र निरो ईभी नेपाली बजारमा बिक्री गरेको कन्टिनेन्टल ट्रेडिङले किया ईभी सिक्स ल्याउने अन्तिम तयारी गरेको छ।


प्रकाशित : आइतबार, मंसिर ३ २०८००४:५७

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ