बुधबार, कात्तिक ७ गते २०८१    
images
images

टेस्लाको योजनाअनुसार ईभीमा कर छुट दिने मोदी सरकारको संकेत

प्लान्ट स्थापनाका लागि जनवरीसम्म सहजीकरण गर्ने

images
बुधबार, कात्तिक २९ २०८०
images
images
टेस्लाको योजनाअनुसार ईभीमा कर छुट दिने मोदी सरकारको संकेत

टेस्लाले गरेको आयातित कारको कर छुट सुविधामा सरकारले ग्रिन सिग्नल दिएकाले यो कार्यान्वयनमा आएमा अन्य विद्युतीय कार उत्पादकलाई समेत लाभ मिल्नेछ। 

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले भारत आउनका लागि विगत लामो समयदेखि तयारी कारमा लाग्ने कर कम गर्न लविङ गर्दै आएको थियो। यसअघि कर छुटको विषयमा टसकोमस नभएको भारत सरकार अब भने लचिलो बन्ने संकेत गरेको छ। 

images
images
images

टेस्लाको सीईओ एलन मस्कले भारत सरकारलाई पटक पटक तयारी कारमा कर छुट दिए तत्काल भारत आउने र क्रमिक रुपमा भारतमै कार उत्पादन गर्ने प्रस्ताव गर्दै आएका थिए। तर मोदी सरकारले कर छुट दिने विषयमा छलफलै हुन नसक्ने बताउँदै आएको थियो।

चिनियाँ कार निर्माताहरुप्रति निर्र्मम देखिएको भारत अमेरिकी कार उत्पादकप्रति भने थप चलिलो बन्ने संकेत गरेको द इकोनोमिक टाइम्सले लेखेको छ। टेस्लाले भारतमा कार आयात गर्दा लाग्ने विद्धमान कर व्यवस्थामा १५ प्रतिशतसम्म कम गर्न लविङ गर्दै आएको छ। हाल भारतमा तयारी कार आयात गर्दै ४० हजार डलरसम्म मूल्यमा ७० प्रतिशत र ४० हजार डलरभन्दा बढी मूल्यका कार आयात गर्दा १ सय प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ। 

images

टेस्लाले गरेको आयातित कारको कर छुट सुविधामा सरकारले ग्रिन सिग्नल दिएकाले यो कार्यान्वयनमा आएमा अन्य विद्युतीय कार उत्पादकलाई समेत लाभ मिल्नेछ। 

images

२०२३ को सुरुतिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा टेस्लाका सीईओ एलन मस्कसँग लामो भेटवार्ता भएको थियो। उक्त भेटपछि टेस्लाले भारत महाराष्ट्रको पुणेमा अफिसका लागि स्पेस भाडामा लिएको थियो। 

चिनियाँ सवारी उत्पादक बीवाईडी र ग्रेटवाल मोटर्सले गरेको एक/एक अर्ब डलर लगानी प्रस्ताव भारत सरकारले अस्वीकृत गरेको हो। चिनियाँ सवारी उत्पादकलाई रातो झण्डा देखाएको भारतले अमेरिकी कार उत्पादक टेस्लालाई भने रातो कार्पेट बिच्छ्याएको छ। 

fulmala - bhrikutimandap.JPG

भारत सरकारले टेस्लाले भारतमा प्लान्ट स्थापनालगायतका लागि गरेका सबै प्रस्ताव २०२४ जनवरीभित्रै स्वीकृत गर्ने यसअघि नै बताइसकेको छ। टेस्लाले भारतका विभिन्न निकायमा गरेको प्रस्तावलाई फास्टट्राबाट स्वीकृत गर्नेगरि भारत सरकारले काम अघि बढाउन भनेको हो। 

गएको सोमबार भारतको प्रधानमन्त्री कार्यालयले अर्काे चरणको विद्युतीय कार उत्पादन योजनाबारे छलफल गर्दा टेस्लाको लगानी प्रस्तावमा समेत छलफल गरेको थियो। उक्त छलफलमा टेस्लाको प्रस्तावलाई सक्दो छिटो स्वीकृत गर्न गृहकार्य गर्न निर्देशन भएको थियो। छलफलको एजेन्डा नीतिको बारेमा भएपनि टेस्लाको प्रस्तावमा पनि घनिभूत छलफल भएको थियो। 

द्रुतमार्गबाटै भएपनि टेस्लाले भारतमा लगानी गर्न गरेको प्रस्तावलाई २०२४ जनवरी भित्रै सल्टाइसक्न प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको हो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय, ठूला उद्योग मन्त्रालय र इलेक्ट्रोक्सि तथा आईटीले यस बारेमा समन्वय गरेर काम अघि बढाउने छन्। 

टेस्लाका उच्च पदस्थले भारतमा कार तथा ब्याट्री उत्पादन प्लान्ट स्थापनाका लागि विभिन्न चरणमा छलफल गरिरहेका छन्। टेस्ला भारतमा सप्लाइचेन इकोसिस्टम नै निर्माण गर्न चाहिरहेको छ। 

टेस्लाले भारतलाई उर्वर बजारका रुपमा लिएको छ। उदीयमान अर्थतन्त्र भारतमा मध्यमवर्गीयको संख्या बढ्दै गएकाले टेस्ला सीईओ मस्कले भारतलाई उच्च प्राथमिकतामा राखेका हुन्। 

भारतीय बजारमा कार उत्पादन हुँदा टेस्लाले दक्षिण एसियाली बजारमा पनि सहजै कार उपलब्ध गराउन सक्छ। टेस्लाले भारतमा मोडल थ्री, मोडल वाईसहित सस्तो मूल्यको कारसमेत उत्पादन गर्ने अनुमान गरिएको छ।


प्रकाशित : बुधबार, कात्तिक २९ २०८०१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend