सोमबार, जेठ ७ गते २०८१    
images
images

सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा संगठितरुपमै बिजुली चोरी

विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

images
शनिबार, कात्तिक २५ २०८०
images
images
सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा संगठितरुपमै बिजुली चोरी

नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महिसद नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ। गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ। लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ। 

images
images

काठमाडौं- सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा संगठितरुपमै बिजुली चोरी भइरहेको पाइएको छ। नेपाल विद्युत प्राधिकरण मधेस प्रादेशिक कार्यालय, जनकपुरले आइबार, सोमबार,मंगलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैर कानूनीरुपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको हो।

images
images
images

प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रुपमा एक सय ग्राहकको सिङ्गल तथा थ्री फेज मिटरको छड्के जाँच गरेको थियो। त्यसमध्ये ४०भन्दा बढी ग्राहकले विद्युत् चोरी गरिएको पाइएको कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताए।

images

प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्नेलगायतका गैर कानूनी क्रियाकलाप संगठितरुपमै भइरहेको पाइएको बताए। उनले गैरकानूनी रुपमा विद्युत् प्रयोग गरिरहेका ग्राहकलाई जरिवानासहित हदैसम्मको कारबाही गर्न मलंगवा वितरण केन्द्रलाई निर्देशक दिइएको बताए। उक्त केन्द्रको विद्युत् चुहावट ५२ प्रतिशत छ।

images
images

कार्यालयले विद्युत् चोरेर प्रयोग गरिरहेको थ्री फेजका दुईवटा राइस मिल र एउटा सिँचाइको ग्राहकलाई जरिवानासहित कारबाही गरेको छ। उक्त मिलहरुले मिटर बाइपास गरी विद्युत् प्रयोग गरिरहेका थिए। ब्रम्हबाबा जल उपभोक्ता समिति, धनकौलले ५० एमभीएको निजी ट्रान्सफर्मर जडान गरी बिनामिटर एक वर्षदेखि विद्युत् चोरेर प्रयोग गरिरहेको थियो। उक्त समितिलाई साढे ६१ हजार रुपैयाँ जरिवाना तिराइएको छ।

images
images

विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ। गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ। लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ।

असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महसुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन्।

यस अवधिमा सबैभन्दा बढी मधेस प्रदेशमा लाइन काटिएको छ। मधेस प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरुले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन्। उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ। कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरुले महसुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन्। उक्त ग्राहकहरुको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ रहेको छ।

लुम्बिनी प्रदेश डिभिजनल कार्यालय, नेपालगञ्ज मातहतका वितरण केन्द्रहरुले ४ हजार १८ ग्राहकको लाइन काटेका छन्। उनीहरुको बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ छ। लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरुले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन्। उनीहरुको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ।

बागमती प्रादेशिक कार्यालय, काठमाडौं मातहतको वितरण केन्द्रहरुले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ। गण्डकी प्रादेशिक कार्यालय, पोखराले महसुल नतिर्ने २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ। बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ।

बागमती प्रदेश डिभिजनल कार्यालय, हेटौंडा मातहतका वितरण केन्द्रहरुले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ। सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रहरुले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ।

कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रहरुले ६ सय २४ ग्राहको लाइन काटेका छन्। यहाँ उठाउन बाँकी बक्यौता रकम ९१ लाख रुपैयाँ छ।

प्राधिकरणले  तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने छ। विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ। मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थपदस्तुर लाग्ने प्रावधान छ।

मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि विलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ। यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ।

लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ। प्राधिकरणले विनियमावलीको यही प्रावधानको आधारमा मिटररिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत महसुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको छ।


प्रकाशित : शनिबार, कात्तिक २५ २०८०१०:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend