सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

काठमाडौंका रुटहरुमा पहिलोपटक विद्युतीय माइक्रोबस सञ्चालन

चक्रपथका प्रत्येक ५ किमिमा चार्जिङ स्टेसन बनाउने

शनिबार, कात्तिक २५ २०८०
काठमाडौंका रुटहरुमा पहिलोपटक विद्युतीय माइक्रोबस सञ्चालन

एउटा डिजेल माइक्रो बस दैनिक १ सय ५० देखि २ सय किमिसम्म चल्दा ५ देखि ७ हजार रुपैयाँसम्मको डिजेल खपत हुन्छ।

काठमाडौं- काठमाडौं उपत्यकाका रुटहरुमा समेत विद्युतीय बस चल्न थालेका छन्। चौधरी ग्रुपअन्तर्गत सीजी मोटर्स प्रालिले बिक्री गर्दै आइरहेको किङ्लङ विद्युतीय माइक्रो बसहरु काठमाडौंका विभिन्न रुटहरुमा सञ्चालनमा आएका हुन्।

सञ्चालनमा आएका माइक्रो बसहरु बागमती प्रदेश सरकारको निती तथा महानगरपलिकाको अवधारणाअनुसार पुराना     डिजेल र ग्यासबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात चलाउने नीतिअन्तर्गत सञ्चालनमा आएका हुन्।

एउटा डिजेल माइक्रो बस दैनिक १ सय ५० देखि २ सय किमिसम्म चल्दा ५ देखि ७ हजार रुपैयाँसम्मको डिजेल खपत हुन्छ। सो हिसाबले काठमाडौंमा सञ्चालनमा रहेका ३ हजार डिजेल माइक्रो बस विस्थापित हुँदा दैनिक २ करोड १० लाख रुपैयाँसम्मको डिजेलको बचत विद्युतीय माइक्रो बस चलाउने नीतिले गर्नसक्छ।

देशको आर्थिक अवस्थामा दैनिक २ करोड बचतले अरु विकास पूर्ण काममा लगानी गर्न सकिन्छ। दैनिक २ करोड बचतबाट हासिल हुने राष्ट्रिय आर्थिक वृद्धिलाई नजरअन्दाज गर्न नसकिने र यो अर्थतन्त्रमा ठूलो नाफा हुने दाबी सीजी मोटर्सले गरेको छ। धेरै बचत र कम खर्चसँगै देश विकासमा उत्तम योगदानले विद्युतीय गाडी नै अहिलेको वातावरणमा डिजेलभन्दा उपयुक्त विकल्प हो। 

micro kl.jpg

विद्युतीय सवारी साधनको ब्याट्री र वारेन्टी डिजेल सवारीको तुलनामा दोबर रहेको छ। प्रदूषणरहित सार्वजनिक सवारी साधन नै अबको विकल्प हो र यसलाई प्रोत्साहन दिनु नै सरकारको प्रमुख प्रथमिकता हुनुपर्ने सीजी मोटर्सले उल्लेख गरेको छ।

सीजी मोटर्स प्रालिले बिक्री गर्दै आइरहेको किङ्लङ माइक्रो बस १४ र १९ सिटर गरी दुई मोडेल नेपाली बजारमा उपलब्ध छन्। विश्वको नम्बर १ ब्याट्री निर्माण कम्पनी सीएटीलद्वारा निर्मित ब्याट्रीको प्रयोग भएको गाडीमा एकपटक फुल चार्ज गर्दा ३ सय किमिसम्म चल्ने कम्पनीले जनाएको छ।

१ सय ८० एमएम ग्राउन्ड क्लियरेन्स भएको गाडी नेपालको बाटो र माटो सुहाउँदो रहेको छ। हरेक ५ वटा गाडीमा एउटा फास्ट चार्जर दिँदै आएको जानकारी गराउँदै नेपालभर ३० स्थानभन्दा धेरै ठाउँमा चार्जर स्थापना भइसकेको र थप ५० भन्दा धेरै ठाउँमा चार्जर जडान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

काठमाडौंमा ३ ठाउँ बाट सर्भिस सुविधा लिन सकिने कम्पनीले जनाएको छ। साथै रिङरोडमा हरेक ५ किमिमा एउटा चार्जर राख्ने अन्तिम तयारीमा कम्पनी पुगेको जनाएको छ। ८० प्रतिशतसम्म कर्जा सुविधा रहेको र नेपालभरका सम्पूर्ण बैंकहरुबाट सुलभ कर्जा सुविधा लिन सकिने कम्पनीले उल्लेख गरेको छ। 


प्रकाशित : शनिबार, कात्तिक २५ २०८००९:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend