सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

निटा भी : धन्तेरसमा विशेष छुट, २ लाख ८० हजार डाउनपेमेन्टमै कार

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २४ २०८०
निटा भी : धन्तेरसमा विशेष छुट, २ लाख ८० हजार डाउनपेमेन्टमै कार

धन्तेरसका दिन आफ्नो घरमा केहि नयाँ सम्पती भित्र्याउने दिनको रुपमा लिइँदै आएको छ। त्यसैले डाउन पेमेन्ट बापतको रकम धेरै जम्मा गर्न नसक्नेलाई यस्ता अफर उपलब्ध गराइँदै आएको छ। 

काठमाडौं- धन्तेरसमा निटा भी विद्युतीय कार खरिदमा विशेष छुट योजना सार्वजनिक भएको छ। निटा भीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले विशेष अफर ल्याएको हो। 

अन्य सयममा ७ लाख ८० हजार डाउन पेमेन्ट गर्नुपर्नेमा धन्तेरसको दिन खरिद गर्दा कम्पनीले ५ लाख थप क्यास ब्याक दिने भएको छ। यसको अर्थ धन्तेरसका दिन खरिद गर्नेले २ लाख ८० हजारमै निटा भी किन्न सक्नेछन्। 

धन्तेरसका दिन आफ्नो घरमा केहि नयाँ सम्पती भित्र्याउने दिनको रुपमा लिइँदै आएको छ। त्यसैले डाउन पेमेन्ट बापतको रकम धेरै जम्मा गर्न नसक्नेलाई यस्ता अफर उपलब्ध गराइँदै आएको छ। 

neta offer.jpg

सीजीले ल्याएको अफर अन्तर्गत निटा भीको खरिदमा डाउन पेमेन्टमा लिन चाहने ग्राहकहरुले ३८ लाख ९९ हजारको २० प्रतिशतले हुन आउने ७ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु गर्ने हो। तर कम्पनीले यो अफरमा डाउन पेमेन्टको रकम मध्य ५ लाख रुपैयाँ क्यास ब्याक दिएकाले २ लाख ८० हजार मात्रै डाउन पेमेन्ट गरे पुग्ने कम्पनीले जनाएको छ। 

निटा भी ईभी चढ्न चाहने ग्राहकले २ लाख ८० हजार डाउन पेमेन्टमै विद्युतीय कार चढ्न पाउने भएका हुन्। यो अफर अन्तर्गत कार खरिद गर्ने ग्राहकले ३.३ किलावाटको चार्जर पनि निःशुल्क पाउने छन्।

निटा भीमा ७० किलोवाटको मोटर र ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटर रेन्ज दिन्छ। 

सीजी मोटर्सले निटा भी कारको खरिदमा ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक २४ २०८००७:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend