सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

जी मोटर्सले माग्यो स्काइवेल ब्रान्डका लागि डिलर 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २२ २०८०
जी मोटर्सले माग्यो स्काइवेल ब्रान्डका लागि डिलर 

स्वाइवेल ईटी फाइभमा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ। 

काठमाडौं- विद्युतीय सवारी ब्रान्ड स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले विभिन्न सहरका लागि स्थानीय डिलर माग गरेको छ। कम्पनीले पहिलो चरणमा ११ वटा सहरका लागि डिलर माग गरेको हो। 

लामो समयदेखि सवारी बिक्री गर्दै आएको जी मोटर्सले आधिकारिक बिक्रेताका रूपमा नयाँ ब्रान्ड स्काइवेल नेपाल भित्र्याएको हो। नाडा अटो शो २०२३ मा औपचारिक रुपमा सार्वजनिक भएको स्काइवेलका लागि जी मोटर्सले डिलर मागेको छ। जी मोटर्सले बिर्तामोड, जनकपुर, नारायणघाट, पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, ललितपुर र बनेपाका लागि डिलर मागेको हो। 

जी मोटर्सले काठमाडौंको नक्सालमा एक्सक्लुसिभ शोरुम निर्माण गर्दैछ। त्यस्तै भक्तपुरमा जी ईभीले स्काइवेलको शोरुम तयार गरिसकेको छ। जी मोटर्सका अनुसार स्काइवेलका विद्युतीय प्रिमियम एसयूभी यही नोभेम्बर महिनाभित्रै नेपाल आइसक्ने छ।  

स्काइवेलका विद्युतीय सवारी ४५ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ आउनेछ। स्काइवेल ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। 

स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यो कारको मूल्य १ करोड ९ लाख रूपैयाँ तय गरिएको छ। 

स्काइवेल ईटी फाइभ विशेष गरि इन्टे लिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। 

स्वाइवेल ईटी फाइभमा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ। 

जी मोटर्सले नाडा अटो शोदेखि नै स्काइवेलका विद्युतीय एसयूभीको बुकिङ लिइरहेको छ। नोभेम्बर अन्त्यसम्ममा बुकिङ गरेका उपभोक्तालाई कार हस्तारन्तरण सुरु गरिने कम्पनीले जनाएको छ। 


प्रकाशित : बुधबार, कात्तिक २२ २०८००८:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend