सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टाटा प्यासेन्जर भेहिकलको नयाँ वर्कसप कपनमा

मंगलबार, कात्तिक २१ २०८०
टाटा प्यासेन्जर भेहिकलको नयाँ वर्कसप कपनमा

नयाँ वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको मर्मत सम्भारलगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको कपनमा टाटा मोटर्स प्यासेन्जर सेग्मेन्टका गाडीहरुलाई लक्षित गर्दै नयाँ वर्कसप सञ्चालनमा ल्याएको छ।

करिब ११ हजार ८ सय ८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कसपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टस प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेस हेड मायांक बल्डिले गरेका हुन्।

नयाँ वर्कसपमा प्यासेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी आदि) मर्मत सम्भारलगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ।

यस्तै विशेषतः विद्युतीय गाडीको (ईभी) चेकजाँचको लागि विशेषज्ञ प्राविधिकहरुको व्यवस्था गरिएको छ। यस्तो व्यवस्थाअन्तर्गत ३० किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ स्टेसन, चारवटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ स्टेसन र आठ वटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसनलगायत छन्।

'पछिल्लो समय नेपालमा टाटा मोर्टसको प्यासेन्जर गाडीहरु ग्राहकहरुको नम्बर १ रोजाइमा पर्न सफल भएका छन्', बिजनेस हेड मायांकले भने, 'जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्दछ तब उसले टाटाका सेवाहरूमाथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो। टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कसपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ भन्ने हाम्रो आशा रहेको छ।'

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, 'हामी सदैव ग्राहकहरुलाई उत्कृष्टभन्दा उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौँ। यही प्रतिबद्धतास्वरुप सिप्रदीले दक्ष जनशक्ति एवं अत्याधुनिक नयाँ वर्कसप सञ्चालनमा ल्याइएको हो।'

टाटाका ग्राहकले यस वर्कसपमा अटोप्लस बीमा, सञ्जीवनी इन्जिन रिपेयर, एक्सप्रेस (४८ घण्टा भित्र मर्मत) र इन्टेरिएर क्लिनिङ-वाशिङ जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन्। 


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८०१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend