सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतमा चिनियाँलाई रेड फ्ल्याग, टेस्लालाई रेड कार्पेट : २०२४ जनवरीभित्र टेस्लाको प्रस्ताव फास्टट्राकबाट स्वीकृत गर्ने

मंगलबार, कात्तिक २१ २०८०
भारतमा चिनियाँलाई रेड फ्ल्याग, टेस्लालाई रेड कार्पेट : २०२४ जनवरीभित्र टेस्लाको प्रस्ताव फास्टट्राकबाट स्वीकृत गर्ने

सोमबार भारतको प्रधानमन्त्री कार्यालयले अर्को चरणको विद्युतीय कार उत्पादन योजनाबारे छलफल गर्दा टेस्लाको लगानी प्रस्तावमा समेत छलफल गरेको थियो।

काठमाडौं- भारत सरकारले टेस्लाले भारतमा प्लान्ट स्थापनालगायतका लागि गरेका सबै प्रस्ताव २०२४ जनवरीभित्रै स्वीकृत गर्ने भएको छ। टेस्लाले भारतका विभिन्न निकायमा गरेको प्रस्तावलाई फास्टट्राबाट स्वीकृत गर्नेगरि भारत सरकारले काम अघि बढाएको छ। 

सोमबार भारतको प्रधानमन्त्री कार्यालयले अर्को चरणको विद्युतीय कार उत्पादन योजनाबारे छलफल गर्दा टेस्लाको लगानी प्रस्तावमा समेत छलफल गरेको थियो। उक्त छलफलमा टेस्लाको प्रस्तावलाई सक्दो छिटो स्वीकृत गर्न गृहकार्य गर्न निर्देशन भएको द इकोनोमिक दाइम्सले लेखेको छ। छलफलको एजेन्डा नीतिको बारेमा भएपनि टेस्लाको प्रस्तावमा पनि घनिभूत छलफल भएको थियो। 

द्रुतमार्गबाटै भएपनि टेस्लाले भारतमा लगानी गर्न गरेको प्रस्तावलाई २०२४ जनवरी भित्रै सल्टाइसक्न प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको हो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय, ठूला उद्योग मन्त्रालय र इलेक्ट्रोक्सि तथा आईटीले यस बारेमा समन्वय गरेर काम अघि बढाउने छन्। 

गएको जुनमा अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका सीईओ एलन मस्कसँग भेटवार्ता गरेका थिए। उक्त भेटपछि टेस्लाको प्रस्तावमा भारत निक्कै सकारात्मक देखिएको हो। 

टेस्लाका उच्च पदस्थले भारतमा कार तथा ब्याट्री उत्पादन प्लान्ट स्थापनाका लागि विभिन्न चरणमा छलफल गरिरहेका छन्। टेस्ला भारतमा सप्लाइचेन इकोसिस्टम नै निर्माण गर्न चाहिरहेको छ। 

टेस्लाले सुरुमा भारत आउनका लागि तयारी विद्युतीय कारमा कर घटाउन प्रस्ताव गरेको थियो। हाल भारतमा ४० हजार डलरभन्दा कम मूल्यका तयारी कार आयातमा ६० प्रतिशत कर लाग्छ। मस्कले उक्त कर ४० प्रतिशतमात्र लगाउन प्रस्ताव गरेका थिए। त्यस्तै ४० हजार डलरभन्दा बढी मूल्यका तयारी कार आयात गर्दा सय प्रतिशत कर लाग्छ। तर टेस्लाको उक्त प्रस्ताव भारतले अस्वीकार गरेपछि उत्पादन प्लान्टसहित भारत आउने टेस्ला तयार भएको हो। 

टेस्लाले भारतलाई उर्वर बजारका रुपमा लिएको छ। उदीयमान अर्थतन्त्र भारतमा मध्यमवर्गीयको संख्या बढ्दै गएकाले टेस्ला सीईओ मस्कले भारतलाई उच्च प्राथमिकतामा राखेका हुन्। 

भारतीय बजारमा कार उत्पादन हुँदा टेस्लाले दक्षिण एसियाली बजारमा पनि सहजै कार उपलब्ध गराउन सक्छ। टेस्लाले भारतमा मोडल थ्री, मोडल वाईसहित सस्तो मूल्यको कार समेत उत्पादन गर्ने अनुमान गरिएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend