आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सडक सुधारमा जलविद्युत् आयोजनालाई सहभागी गराइने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २१ २०८०
सडक सुधारमा जलविद्युत् आयोजनालाई सहभागी गराइने

राजमार्गको साथसाथै टिमुरेमा निर्माणाधीन सुक्खाबन्दरगाह, रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सारलगायत सीमा क्षेत्रमा निर्माण भइरहेका पूर्वाधार कामहरूको स्थलगत निरीक्षण

रसुवा- रसुवामा निर्माणाधीन सबै जलविद्युत् आयोजनालाई सडक सुधारको काममा सहभागी गराइने भएको छ।

निर्माणाधीन गल्छी, बेत्रावती, मैलुङ स्याफ्रुबेँसी राजमार्गको स्थलगत निरीक्षणपछि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले सडक सुधारमा आयोजनालाई सहभागी गराइने बताइन्।

मैलुङक्षेत्रको अन्तर्राष्ट्रिय राजमार्ग छिटो सम्पन्न गराउन आइतबार र सोमबार मन्त्री चपाईले गल्छीदेखि रसुवागढीसम्मको सडक स्थलगत निरीक्षण गरिन्।

रसुवामा थुप्रै हाइड्रोपावर निर्माणाधीन अवस्थामा रहेको र आयको हिसाबले उनीहरूलाई सडक मार्गको जीर्णाेद्वारमा सहभागी गराउन जरुरी देखिएकाले नीतिगत रूपको प्रावधान बनाउन आफूले प्रतिवेदनमार्फत सरकारलाई सुझाव राख्ने राज्यमन्त्री चपाईले बताइन्।

राजमार्गको साथसाथै टिमुरेमा निर्माणाधीन सुक्खाबन्दरगाह, रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सारलगायत सीमा क्षेत्रमा निर्माण भइरहेका पूर्वाधार कामहरूको स्थलगत निरीक्षणसमेत गरेकी थिइन्।

रसुवागढी-स्याफ्रुबेँसी खण्डको सडक बढी जीर्ण हुँदा मालवाहक सवारी साधन ओहोरदोहोर गराउन र चीनबाट आयात सामग्री काठमाडौं लैजान गाह्रो परेकाले १६ किमी सडक सुधारलाई पहिलो प्राथमिकता दिन सवारी चालक र व्यापारी व्यवसायीले सरकारसमक्ष अनुरोधसमेत गरेका छन्। रासस


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००४:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend