आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गोरखाको स्तुल खोलामा ३ करोड ८० लाखको लागतमा बेलीब्रिज

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २१ २०८०
गोरखाको स्तुल खोलामा ३ करोड ८० लाखको लागतमा बेलीब्रिज

बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई सहज भएको छ।

गोरखा- गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ। आरुघाट-आरुपोखरी-ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल ३ करोड ८० लाख रुपैयाँको लागतमा बेलीब्रिज निर्माण गरिएको हो।

एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काका अनुसार उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिका-८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खामा सवारीसाधान गुडाउन कठिनाइ हुने गरेको थियो।

बेलीब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेभीसँग ठेक्का सम्झौता गरेको थियो। पुल निर्माणको काम एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिए पनि ठेकेदार कम्पनीले चार महिनाभित्रै काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिए।

बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई सहज भएको छ।

पुल नबन्दा हिउँदमा जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा  सञ्चालन गर्न नसकिने अवस्था थियो। पुल निर्माण सम्पन्न भएसँगै आरुघाट-७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका बासिन्दालाई सहज भएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००४:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend