सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाल टेलिकमले पायो फाइभजी परीक्षण अनुमति 

मंगलबार, मंसिर ७ २०७८
नेपाल टेलिकमले पायो फाइभजी परीक्षण अनुमति 

प्राधिकरणले सरकारी स्वामित्वको टेलिकमलाई फाइभजी सेवा सञ्चालनको परीक्षण अनुमति दिएको हो। 

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजीको परीक्षण सेवा सञ्चालन गर्न अनुमति दिएको छ। 

प्राधिकरणले सरकारी स्वामित्वको टेलिकमलाई फाइभजी सेवा सञ्चालनको परीक्षण अनुमति दिएको हो। 

प्राधिकरणको बोर्डले परीक्षण गर्नका लागि अनुमति दिने निर्णय गरिएको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। 

'कात्तिक मसान्तको बोर्ड बैठकले अनुमति दिएको हो। अहिलेका लागि उसलाई आफ्नै ब्यान्डबाट चलाए पनि हुन्छ भनेका छौँ। टेलिकमले माग गरेमा हामीले छुट्टै ब्यान्डमा फ्रिक्वेन्सी पनि दिन्छौँ' उनले भने। 

 


प्रकाशित : मंगलबार, मंसिर ७ २०७८१३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend