आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कुलमान घिसिङविरुद्ध विद्युत प्राधिकरणका कर्मचारी आन्दोलनमा, कार्यालय प्रवेशमा रोक

आइतबार, कात्तिक १९ २०८०
कुलमान घिसिङविरुद्ध विद्युत प्राधिकरणका कर्मचारी आन्दोलनमा, कार्यालय प्रवेशमा रोक

नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध आन्दोलनमा उत्रिएका छन्। आज आइतबार घिसिङ सहित विभागका प्रमुख लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध आन्दोलनमा उत्रिएका छन्। आज आइतबार घिसिङसहित विभागका प्रमुख लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्।

सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन्।

आज कात्तिक १९ गते ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म, भोलि कात्तिक २० गते ११:१५ बजेदेखि १२ः४५ बजेसम्म र पर्सि ११ः१५ बजेदेखि १ः१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ।

नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले संस्थागत उन्नती र कर्मचारीको हक हितका लागि भन्दै यही कात्तिक १२ गते पहिलो ध्यानाकर्षण पत्र बुझाएका थिए।

यो कार्यक्रमबाट पनि माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले जनाएका छन्।


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend