सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

असोजमै भित्रिए १२ सय ३७ विद्युतीय कार, ५१ देखि १०० किलोवाट क्षमताका सबैभन्दा धेरै

आइतबार, कात्तिक १२ २०८०
असोजमै भित्रिए १२ सय ३७ विद्युतीय कार, ५१ देखि १०० किलोवाट क्षमताका सबैभन्दा धेरै

साउनमा १ सय १० वटा, भदौमा ७ सय ८८ वटा र असोजमा १ हजार २ सय ३७ वटा विद्यतुीय कार नेपाल भित्रिएको हो।

काठमाडौं- चालु आर्थिक वर्षको ३ महिना (साउनदेखि असोज) सम्म २ हजार १ सय ३५ वटा विद्युतीय कार आयात भएको छ। यो वर्षको असोज महिनामा मात्र १ हजार २ सय ३७ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांक छ।

विभागको तथ्यांकअनुसार चालु आवको असोजमा इतिहासमै एकै महिनामा सबैभन्दा बढी विद्युतीय कार भित्रिएको हो। यसअघि २०८० को जेठमा ९ सय २५ वटा विद्युती कार नेपाल भित्रएको थियो।

चाडपर्व र नाडा अटो शो २०२३ का लागि लक्षित गर्दै विद्युतीय कार आयात बढेको हो। साउन र भदौमा ८ सय ९८ वटा विद्युतीय कार आयात भएको थियो भने असोजमा मात्रै १ हजार २ सय ३७ वटा विद्युतीय सवारी आयात भएको हो। 

car.png

तीन महिनामा आयात भएको कुल विद्युतीय सवारीमा सबैभन्दा धेरै ५१ सय १०० किलोवाटसम्मका सवारी आयात भएको छ। यी विद्युतीय कार भारत र चीनबाट आयात भएका हुन्। ३ महिनामा ५१ देखि १ सय किलोवाटसम्मका मात्रै ११ सय ६६ वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ।

यसैगरी ५० किलोवाटसम्मको ९ सय ५४ वटा, १०१ देखि २ सय किलोवाटसम्मको १२ वटा र २०१ किलोवाट माथिका ३ वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ। ३ महिनामा ५ अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ मूल्य बराबरका २ हजार १ सय ३७ वटा विद्युतीय कार आयात हुँदा २ अर्ब २४ करोड २१ लाख  ७५ हजार रुपैयाँ सरकारले कर पाएको छ।

विभागका अनुसार साउनमा १ सय १० वटा, भदौमा ७ सय ८८ वटा र असोजमा १ हजार २ सय ३७ वटा विद्यतुीय कार नेपाल भित्रिएको हो।

तीन महिनामा कुन देशबाट कति विद्युतीय कार आयात?

तीन महिनामा चीनबाट ५० किलोवाटसम्मका ५ वटा, ५१ देखि १०० किलोवाटसम्मका १ हजार ३५ वटा, १०१ देखि २०० किलोवाटसम्मका ८ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ३ वटा विद्युतीय कार आयात भएको छ।

त्यस्तै भारतबाट ५० किलोवाटसम्मका ९ सय ४२ वटा, ५१ देखि १०० किलोवाटसम्म १ सय ३१ वटा आयात भएको छ भने जर्मनीबाट १०१ देखि २ सय किलोवाटसम्मको २ वटा विद्युतीय कार आयात भएको छ। 

country.png

इन्डोनेसियाबाट ५० किलोवाटसम्मका ७ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।  यसैगरी कोरियाबाट १०१ देखि २०० किलोवाटसम्मका २ वटा कार नेपाल भित्रिएको छ।

सबैभन्दा धेरै विद्युतीय कार नेपालमा भारतबाट आएको छ। भारतबाट ३ महिनामा १ हजार ७३ वटा विद्यतुीय कार नेपाल आएको छ। यसैगरी दोस्रोमा धेरै चीनबाट १ हजार ५१ वटा विद्यतुीय कार नेपाल आएको छ।


प्रकाशित : आइतबार, कात्तिक १२ २०८००८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend