आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पाँच महिनामा १२ अर्बको बिजुली भारत निर्यात

बुधबार, कात्तिक ८ २०८०
पाँच महिनामा १२ अर्बको बिजुली भारत निर्यात

जेठदेखि असोजसम्म नेपाल विद्युत प्राधिकरणले ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको बिजुली भारतमा निर्यात गरेको छ। वर्षायामको बिजुली निर्यात गरेर सो रकम आम्दानी गरेको हो। प्राधिकरणले गत जेठ २८ बाट भारतीय बजारमा बिजुली बिक्री सुरु गरेको थियो।

काठमाडौं- जेठदेखि असोजसम्म नेपाल विद्युत प्राधिकरणले ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको बिजुली भारतमा निर्यात गरेको छ। वर्षायामको बिजुली निर्यात गरेर सो रकम आम्दानी गरेको हो। प्राधिकरणले गत जेठ २८ बाट भारतीय बजारमा बिजुली बिक्री सुरु गरेको थियो।

प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१को  साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ। असोजमा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ। 

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ। गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात भएको थियो। जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो। 

साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ। तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ। 

साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रति युनिट क्रमश : ८ रुपैयाँ ४३ पैसा,  ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ। तीन महिनाको विद्युत् समग्र औसत बिक्री दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ।


प्रकाशित : बुधबार, कात्तिक ८ २०८०००:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend