सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

१८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २६ २०८०
१८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले परिपक्व भएका १८ अर्ब ७० करोड रुपैयाँ ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ। ९१ दिने ७ अर्ब ७० करोड, १ सय ८२ दिने ५ अर्ब र ३ सय ६४ दिने ६ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरणका लागि आह्वान गरेको हो।

उक्त ट्रेजरी बिलमा असोज २९ गतेसम्म बोलकबोलमा आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। असोज ३० गते ट्रेजरी बिल नवीकरण हुनेछ। 

असोज २२ गते भएको बोलकबोलअनुसार ९१ दिने ट्रेजरी बिलको औषत भारित ब्याजदर ४.३४ प्रतिशत, १ सय ८२ दिने ट्रेजरी बिलको ब्याजदर ५.२ प्रतिशत र ३ सय ६४ दिने ट्रेजरी बिलको औषत ब्याजदर ५.७ प्रतिशत कायम भएको छ। 


प्रकाशित : शुक्रबार, असोज २६ २०८००७:५९
  • सम्बन्धित विषय:

  • # बिजनेस न्युज
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend