सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सिंगापुरमा एउटा कार राख्ने अनुमतिपत्र लिनै १ लाख ६ हजार डलर 

बिहीबार , असोज १८ २०८०
सिंगापुरमा एउटा कार राख्ने अनुमतिपत्र लिनै १ लाख ६ हजार डलर 

सीओई, दर्ता शुल्क र करसहित अब सिंगापुरमा टोयोटाको क्याम्री हाइब्रिड कारको लागत १ लाख ८३ हजार अमेरिकी डलर पर्छ। यही कार अहिले अमेरिकामा किन्दा २८ हजार ८ सय ५५ अमेरिकी डलरमा आउँछ।

काठमाडौं- सामान्यतया विश्व बजारमा मध्यम स्तरको कार किन्न ३० देखि ६० हजार अमेरिकी डलर भए पुग्छ। नेपालमा आयात हुने कार पनि करिब यस्तै मूल्यमा खरिद गरिन्छ। तर नेपालमा सरकारले अत्यधिक कर लगाएका कारण त्यसको मूल्य धेरै हुने गरेको छ। 

तर सिंगापुर त्यस्तो देश हो जहाँ कार किन्नभन्दा कयौँ गुणा धेरै पैसा कार राख्ने अनुमति पाउन तिर्नुपर्छ। सानो देश, सम्पन्न नागरिक, प्रदूषणको जोखिमलगायत कारण सिंगापुरले निजी कार राख्न निकै कडाइ गर्दै आएको छ। पछिल्लो पटक सिंगापुरले एउटा निजी कार राख्न १ लाख ६ हजार अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था गरेको छ। 

उक्त रकम तिर्ने सबैले नयाँ कार राख्न भने पाउँदैनन्। खुल्ला प्रतिस्पर्धाबाट छनोटको प्रक्रिया पूरा गर्नेले मात्र १ लाख ६ हजार डलर तिरेर नयाँ कार राख्ने अनुमति पत्र पाउने छन्। सिंगापुरमा नयाँ कार राख्ने अनुमति पत्र पाउन तिर्नुपर्ने पैसाले अमेरिकामा ४ वटा टायोटाको क्याम्री हाइब्रिड कार आउँछ।

सिगापुरले निजी कार राख्नका लागि सर्टिफिकेट अफ इनटाइटलमेन्ट (सीओई) जारी गर्छ। यो नियम १९९० देखि लागु गरिएको हो भने सीओईको अवधि १० वर्षको हुन्छ। सीओई लिन हालै तय भएको मूल्य अहिलेसम्मकै धेरै हो। सिंगापुरका नागरिकको संख्या ५९ लाख रहेको छ। 

कार खरिद गर्नका लागि सरकारले निश्चित कोटा तोक्ने र त्यसो बिडिङ मार्फत छनोट गरिने हुँदा सिंगापुरमा कारको मूल्य संसारकै महँगो पर्छ। ठूलो आकारको कारको सीओई लिन २०२० को तुलनामा मूल्य चार गुणा बढेर १ लाख ६ हजार ३ सय ७६ डलर पुगेको हो। 

सीओई, दर्ता शुल्क र करसहित अब सिंगापुरमा टोयोटाको क्याम्री हाइब्रिड कारको लागत १ लाख ८३ हजार अमेरिकी डलर पर्छ। यही कार अहिले अमेरिकामा किन्दा २८ हजार ८ सय ५५ अमेरिकी डलरमा आउने रोयटर्सले लेखेको छ। २०२० मा सिंगापुरमा कम मानिसले कार चलाउँथे। त्यतिबेला सीओईको मूल्य घटेर ३० हजार सिंगापुर डलरमा झरेको थियो। कोरोनापछि निजी कार चलाउनेको संख्या उल्लेख्य रुपमा बढ्यो। सिंगापुरमा हाल सडकमा गुड्ने सवारीको सीमा ९ लाख ५० हजार तय भएको छ। 

१ लाख ६ हजार अमेरिकी डलर तिर्ने जति सबैले सीओई पाउने छैनन्। जति संख्यामा पुराना कारको दर्ता खारेज हुन्छ त्यही आधारमा नयाँ सीओई जारी हुने व्यवस्था गरिएको छ। 

सिंगापुरमा मध्म आय हुनेले वार्षिक १ लाख २१ ह्जार १ सय ८८ सिंगापुर डलर कमाउँछन्। 


प्रकाशित : बिहीबार , असोज १८ २०८००७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend