शनिबार, साउन १२ गते २०८१    
images
images
images

कर्णालीको विद्युत उत्पादन क्षमता २० हजार मेगावाट, ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा

images
सोमबार, असोज १५ २०८०
images
images
कर्णालीको विद्युत उत्पादन क्षमता २० हजार मेगावाट, ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा

प्रदेशभर ६३ हजार तीन सय ९३ घरधुरीमा विद्युतीकरण हुन बाँकी छ। दुई वर्षभित्र यहाँका सम्पूर्ण घरधुरीमा विद्युतीकरण गर्ने सरकारको लक्ष्य छ।

images

जाजरकोट- कर्णालीमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगको प्रदेशस्थित जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ।

images
images

विभिन्न चरणमा गरी १० हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण प्रक्रियामा रहेको मन्त्रालयका योजना महाशाखा प्रमुख गोपाल शर्माले जानकारी दिए। उनका अनुसार हालसम्म ८२ प्रतिशत नागरिकको घरमा ऊर्जाको पहुँच पुगेको छ।

images

'कर्णालीमा ऊर्जा उत्पादनको अवस्था १६.५४ मेगावाट छ। प्रदेशका तीन लाख सात हजार आठ सय ७२ घरधुरीमा विद्युतीकरण गरिएको छ', शर्माले भने, 'जसमध्ये राष्ट्रिय प्रसारण लाइनबाट दुई लाख ४६ हजार एक सय ३१ घरधुरी विद्युतीकरण भएको र बाँकी ६१ हजार सात सय ४१ मा अन्य नवीकरणीय ऊर्जाबाट विद्युतीकरण गरिएको छ।'

शर्माका अनुसार प्रदेशभर ६३ हजार तीन सय ९३ घरधुरीमा विद्युतीकरण हुन बाँकी छ। उनले दुई वर्षभित्र कर्णालीका सम्पूर्ण घरधुरीमा विद्युतीकरण गर्ने लक्ष्य सरकारले लिएको र सोही लक्ष्य प्राप्तिका लागि काम भइरहेको बताए। शर्माका अनुसार सानाठूला गरेर ७० आयोजना निर्माणको चरणमा छन्। निर्माणाधीन आयोजनाबाट नौ सय २४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

images

कार्ययोजना बनाएर काम गर्न मन्त्री बस्नेतको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्र कर्णालीलाई विद्युतीकरण गर्ने लक्ष्य प्राप्तिका लागि कार्ययोजना बनाएर काम गर्न नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशलाई निर्देशन दिएका छन्।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको भवन उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले पुराना र नयाँ ठेक्का भएका योजनाको खोजी गरी तिनको अवस्थाअनुसार कामको प्राथमिकीकरण गरेर योजनाबद्धरुपमा काम गर्न निर्देशन दिए। विद्युत् नपुग्ने ठाउँमा सोलार सिस्टमबाट विद्युतीकरण गर्ने योजना रहेको भन्दै त्यसको पनि तथ्यांक संकलनको काम भइरहेको उनले बताए।

'एक सय ३२ केभी प्रसारण लाइनको काम सुरु भएको छ। यो निर्माण हुनेबित्तिकै भेरी र कर्णाली करिडोरमा सजिलै विद्युतीकरणको काम हुनेछ', उनले भने, 'भेरी करिडोरअन्तर्गत जाजरकोटको दानी पीपलदेखि सुर्खेतको मैनतडासम्मको कामसमेत केही समयमा सुरु हुन्छ।'

मन्त्री बस्नेतले नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाट र जगदुल्ला जलविद्युत् आयोजना एक सय छ मेगावाटको काम सुरु गर्नका लागि ताक्सुगाड जलविद्युत् आयोजना सात मेगावाटलाई निर्माण गर्न लागिएको जानकारी दिए। उनका अनुसार अहिले कर्णाली प्रदेशका जिल्लामा ३२ केभी प्रसारण लाइन सञ्चालनमा छ।

अधिकांश योजना कार्यसूचीमा रहेकाले काममा गतिशिल नहुँदा समस्या आएको हो। कर्णालीका सबै जिल्लामा केन्द्रीय प्रसारण लाइन पुर्‍याउने जनाउँदै मन्त्री बस्नेतले सम्भावना नभएका स्थानमा सोलार सिस्टमबाट सबै घरमा विद्युतीकरण गर्ने नीति लिइएको जानकारी दिए। उनका अनुसार साविकका कर्णालीको डीपीआर तयार भइसकेको छ भने जाजरकोट, रुकुमपश्चिमलगायत अन्य जिल्लामा डीपीआरको काम भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, निजी क्षेत्रकोसमेत लगानी, साना माइक्रो हाइड्रोपावरसँगको  समन्वयमा छिटो विद्युतीकरणको काम गर्नुपर्ने मन्त्रालयको निर्देशिका रहेकाले जिल्लास्थित प्राधिकरण कार्यालयले कामको प्राथमिकीकरण गरेर अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना बनाइ अघि बढ्न मन्त्री बस्नेतले आग्रह गरे।

कर्णालीमा प्राधिकरणको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयले अलगअलग ठेक्का खोल्दा सर्वेक्षणको पाटो कमजोर बनेको उनको भनाइ थियो। अहिले कर्णालीका धेरै ठाउँमा सबस्टेसन निर्माणका काम भइरहेको मन्त्री बस्नेतले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, असोज १५ २०८००७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend