सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ- वरिष्ठ उपाध्यक्ष ढकाल 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ३ २०७८
सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ- वरिष्ठ उपाध्यक्ष ढकाल 

विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड १९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै उनले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइजेशनमा लिनुपर्ने बताए।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन्। 

कम्प्युटर एशोसिएशन नेपाल महासंघद्वारा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गुणस्तरीय सूचना प्रविधिको प्रवर्द्धन नगरी मुलुक बलियो बन्न नसक्ने हुँदा यसका लागि सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइज गर्नुपर्ने बताएका हुन्। 

विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड १९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै उनले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइजेशनमा लिनुपर्ने बताए।

'हामीले सूचना प्रविधिको महत्व पहिले पनि बुझेकै हो । तर महामारीको समयमा यो हाम्रो जिविका चलाउने मुख्य माध्यम नै बन्न गयो र यसलाई हामी सबैले सहजरुपमा स्विकार पनि गर्‍यौं' उनले भने। 

उनले नेपाल उद्योग वाणिज्य महासंघले सूचना प्रविधिको विकासलाई ठूलो महत्व दिएको र महासंघको भिजन पेपरमा समेत सूचना प्रविधिको विकासलाई प्रमुखताका साथ समेटेको बताए। 


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८१०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend