आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गाईघाट-दिक्तेल सडक स्तरोन्नतिको काम समयमा नगर्ने भारत कन्स्ट्रक्सनसमेतको ठेक्का तोडिँदै

आइतबार, असोज १४ २०८०
गाईघाट-दिक्तेल सडक स्तरोन्नतिको काम समयमा नगर्ने भारत कन्स्ट्रक्सनसमेतको ठेक्का तोडिँदै

आयोजना कार्यालयले निर्माण कम्पनीलाई १५ दिनभित्र ठेक्का तोड्नु नपर्ने कारण भए पेस गर्न समय दिएको छ।

काठमाडौं- समयमा काम नगरेको भन्दै गाईघाट-दिक्तेल सडक स्तरोन्नतिका लागि लागेको ठेक्का तोडिने भएको छ। सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ठेक्का तोड्नुपूर्व सार्वजनिक सूचना जारी गरेको छ। 

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीअन्तर्गतको गाईघाट-दिक्तेल सडक आयोजनाले आइतबार सार्वजनिक सूचना जारी गरी ठेक्का तोड्ने तयारी भएको जनाएको छ।

दुई वटा प्याकेजमा दुई निर्माण कम्पनीले गाईघाट-दिक्तेल सडक निर्माणको जिम्मा पाएका थिए। 

भारत कन्स्ट्रक्सन र सिद्धिसाई जेभीले एउटा प्याकेजको निर्माणको ठेक्का पाएको र २०७३ असार ३० मा सम्झौता भएको थियो।सम्झौताअनुसार काम नभएर पटकपटक समय थप गरी ठेक्का सक्नुपर्ने अन्तिम म्याद २०८० असार २८ सम्म थियो। उक्त अवधिमा पनि काम नगरेपछि आयोजनाले ठेक्का तोड्न लागेको हो। 

त्यस्तै सोही बाटोको दोस्रो प्याकेजको ठेक्का द कञ्चनजंघा गोल्डेनगुड जेभीले पाएको थियो। यो निर्माण कम्पनीसँग २०७३ भदौ १२ गते सम्झौता भएको र २०८० बैशाख १४ गते आयोजना सम्पन्न गर्नुपर्ने थियो। तर निर्माण कम्पनीले काम नगर्दा आयोजना अलपत्र परेकाले ठेक्का तोड्न लागिएको हो। 

आयोजना कार्यालयले निर्माण कम्पनीलाई १५ दिनभित्र ठेक्का तोड्नु नपर्ने कारण भए पेस गर्न समय दिएको छ।  

gaighat diktel.PNG


प्रकाशित : आइतबार, असोज १४ २०८००५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend