सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पारामाउन्ट मोटर्सको नेटवर्क बढ्दै, भक्तपुरमा खुल्यो एमजीको दोस्रो शोरुम

२०२३ भित्रै चार्जिङ स्टेसनको संख्या ५० पुर्‍याउने

शुक्रबार, असोज १२ २०८०
पारामाउन्ट मोटर्सको नेटवर्क बढ्दै, भक्तपुरमा खुल्यो एमजीको दोस्रो शोरुम

यस नयाँ शोरुम मार्फत आफ्नो पहुँच विस्तार गर्दै पारामाउन्ट मोटर्स उच्चस्तरीय बिक्री पश्चातको सेवा उपलब्ध हुनेछ।

काठमाडौं- एमजी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुम सञ्चालनमा ल्याएको छ। शुक्रबार नयाँ शोरुम सञ्चालनमा आएसँगै एमजीको ओनरसिप एक्सपेरिएन्स वृद्धि गर्ने प्रतिबद्धतालाई झनै बलियो बनाएको कम्पनीको भनाइ छ।

नयाँ शोरुम भक्तपुरको गठ्ठाघर खोल्दै एमजीले नेपालभर फैलिएका १३ वटा आउटलेटहरूको सञ्जालमा एउटा आयाम थप्दै ग्राहकहरूलाई सहज सेवा उपलब्धता अझ बढाएको छ। यो शोरुम ग्राहकहरूका लागि पहुँचयोग्य र असाधारण सेवा प्रदान गर्ने पारामाउन्ट मोटर्सको प्रतिबद्धता भएको कम्पनीकमो भनाइ छ। 

नयाँ शोरुमको उद्घाटनका क्रममा पारामाउन्ट मोटर्सका जीएम सचिन अर्यालले भक्तपुरमा दोस्रो एमजी शोरुमको उद्घाटनले अतुलनीय सेवा र उल्लेखनीय स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई प्रष्ट पारेको बताए। ग्राहकले नवीनतम एमजी मोडेलहरू एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान पारामाउन्टले उपलब्ध गराएको उनको भनाइ छ। 

mg bhaktpur.jpeg

यस नयाँ शोरुम मार्फत आफ्नो पहुँच विस्तार गर्दै पारामाउन्ट मोटर्स उच्चस्तरीय बिक्री पश्चातको सेवा उपलब्ध हुनेछ। नयाँ शोरुम विस्तार भएसँगै एमजीलाई नेपालका अटोमोटिभ उत्साहीहरूको रोजाई बनाउने दिशामा अर्को कदमको प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ। 

हाल नेपालभर एसी र डीसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन्। यद्यपि २०२३ को अन्त्यसम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेसनहरूको संख्या ५० सम्म पुर्‍याउने लक्ष्य राखेको छ। आफ्ना सेवाग्राहीहरुको सहज यात्राको लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ। 

यी स्थानहरुमा आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एमजीको नयाँँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, विर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डीसी चार्जिङ स्टेसनहरु स्थापना गरिने जानकारी दिएको छ। त्यस्तै काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरु रहेका छन्।


प्रकाशित : शुक्रबार, असोज १२ २०८०१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend