सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हुन्डाई कोना ईभीको नयाँ जीएल भर्सन सार्वजनिक, यस्तो छ मूल्य र परिमार्जित विशेषता

बिहीबार , असोज ११ २०८०
हुन्डाई कोना ईभीको नयाँ जीएल भर्सन सार्वजनिक, यस्तो छ मूल्य र परिमार्जित विशेषता

हुन्डाई कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि-सेटिङ जस्ता आधुनिक सुरक्षा विशेषता छन्।

काठमाडौं- हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जीएल विद्युतीय कारको मूल्य सार्वजनिक गरेको छ। कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

कोना ईभीको सुरुवाती भेरियन्ट जीएल ५९ लाख ९६ हजार र जीएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ। विद्युतीय कारको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो सर्वाधिक सफल विद्युतीय मोडल कोनाको जीएल भर्सन  ल्याएको हो।
यस्तो छ कोना जीएल ईभी 

नेपालमा निकै सफल कोना विद्युतीय कार एउटा सफल क्रसओभर ईभी हो। नयाँ इलेक्ट्रीक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएको छ। नयाँ कोनामा ड्राइभिङ रेन्ज पनि बढेको कम्पनीले जनाएको छ। नयाँ सुरक्षा विशेषता र एड्भान्स कनेक्टिभिटी यसमा भएको मुख्य परिमार्जन हो।

हुन्डाई कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि-सेटिङ जस्ता आधुनिक सुरक्षा विशेषता छन्।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ। व्याट्रीको ले-आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कमगरी कोनाको ह्याण्डलिङ उत्कृष्ट बनाएको छ। जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ।

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ। कोना ईनीलाई एक पटकको सिंगल चार्जमा ३ सय ५ किलोमिटरसम्म गुडाउन सकिने छ। यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ।

हुन्डाई कोनामा रहेको ८ इन्चको टचस्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्च स्तरीय बनाउने दाबी कम्पनीको छ। नेपाली बजारमा कोना ईभी एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता कलर अप्सनमा उपलब्ध हुनेछ।


प्रकाशित : बिहीबार , असोज ११ २०८००७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend