शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

नेपालमा २ खर्ब ६४ अर्ब प्रत्यक्ष वैदेशिक लगानी परिचालन, ऊर्जामा सबैभन्दा धेरै ५४ अर्ब

बुधबार, असोज १० २०८०
नेपालमा २ खर्ब ६४ अर्ब प्रत्यक्ष वैदेशिक लगानी परिचालन, ऊर्जामा सबैभन्दा धेरै ५४ अर्ब

नेपालको कुल लगानीमध्ये औद्योगिक क्षेत्रमा १ खर्ब ६५ अर्ब अर्थात ६२.६ प्रतिशत, सेवा क्षेत्रमा ३७.७ प्रतिशत परिचालनमा रहेको छ। 

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ मा सम्ममा नेपालमा कुल २ खर्ब ६४ अर्ब ३३ करोड रूपैयाँ परिचालनमा रहेको राष्ट्र बैंकको लगानीसम्बन्धी सर्वेक्षणले देखाएको छ। यस्तो प्रत्यक्ष लगानी अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढेको हो। 

कुल वैदेशिक लगानीमा चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

२०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। जसमध्ये सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड रूपैयाँ, चीनबाट ३३ अर्ब ४५ करोड रूपैयाँ, आयरल्याण्डकबाट २० अर्ब ९० करोड रूपैयाँ, सिंगापुरबाट १६ अर्ब ७ करोड रूपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। 

नेपालको कुल लगानीमध्ये औद्योगिक क्षेत्रमा १ खर्ब ६५ अर्ब अर्थात ६२.६ प्रतिशत, सेवा क्षेत्रमा ३७.७ प्रतिशत परिचालनमा रहेको राष्ट्र बैंकले जनाएको छ। 

कुल औद्योगिक क्षेत्रको लगानीमध्ये सबैभन्दा धेरै ३२.८ प्रतिशत लगानी जलविद्युत क्षेत्रमा भित्रिएको छ। यस क्षेत्रमा हाल ५४ अर्ब २७ करोड रूपैयाँ वैदेशिक लगानी परिचालनमा रहेको छ। 

यस्तै उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी परिचालनमा रहेको छ। कुल वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा लगानी रहेको छ। 

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरुको क्षमता उपयोग ७१.१  प्रतिशत र वैदेशिक लगानीबाट सञ्चालित कम्पनीहरुको नाफाको दर १४.३ प्रतिशत रहेको छ।


प्रकाशित : बुधबार, असोज १० २०८०१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend