सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भदौमै आए ७ सय ८८ वटा विद्युतीय कार, ५१ देखि १०० किलोवाट क्षमताका सबैभन्दा धेरै

आइतबार, असोज ७ २०८०
भदौमै आए ७ सय ८८ वटा विद्युतीय कार, ५१ देखि १०० किलोवाट क्षमताका सबैभन्दा धेरै

दुई महिनामा आयात भएको कुल विद्युतीय सवारीमा सबैभन्दा धेरै ५१ सय १०० किलोवाटसम्म सवारी आयात भएको छ। यी विद्युतीय कार भारत र चीनबाट आयात भएका हुन्। 

काठमाडौं- चालु आर्थिक वर्षको दुई महिनामा ८ सय ९८ वटा विद्युतीय कार आयात भएको छ। यो वर्षको भदौ महिनामा मात्र ७ सय ८८ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांक छ। 

चाडपर्व नजिकिँदै गरेको र नाडा अटो शो २०२३ का लागि लक्षित गर्दै विद्युतीय कार आयात बढेको हो। साउन र भदौमा ८ सय ९८ वटा विद्युतीय कार आयात भएको छ। 

दुई महिनामा आयात भएको कुल विद्युतीय सवारीमा सबैभन्दा धेरै ५१ सय १०० किलोवाटसम्मका सवारी आयात भएको छ। यी विद्युतीय कार भारत र चीनबाट आयात भएका हुन्। 

दुई महिनामा २ अर्ब ४३ करोड १५ रुपैयाँ मूल्य बराबरका ८ सय ९८ वटा विद्युतीय कार आयात हुँदा १ अर्ब १२ करोड ६० लाख रुपैयाँ सरकारले कर पाएको छ। 

साउन र भदौमा ५० किलोवाटसम्म २ सय ५५ वटा, ५१ देखि १०० किलोवाटसम्म मोटर क्षमता भएका ६ सय ३१ विद्युतीय कार आयात भएका हुन्। त्यस्तै १०१ देखि २०० किलोवाटसम्म मोटर क्षमता भएको ९ वटा र २०१ देखि ३ सय किलोवाटसम्म मोटर क्षमता भएका ३ वटा विद्युतीय कार आयात भएको भन्सारको तथ्यांक छ। 

दुई महिनामा कुन देशबाट कति विद्युतीय कार आयात

चीनबाट ५० किलोवाटसम्मका ५ वटा, ५१ देखि १०० किलोवाटसम्मका ५ सय ६० वटा, १०१ देखि २०० किलोवाटसम्मका ७ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ३ वटा विद्युतीय कार आयात भएको छ। 

त्यस्तै भारतबाट ५० किलोवाटसम्मका २ सय ४६ वटा, ५१ देखि १०० किलोवाटसम्म ७१ वटा आयात भएको छ। त्यस्तै जर्मनीबाट १०१ देखि २ सय किलोवाटसम्मको २ वटा विद्युतीय कार आयात भएको छ। 

इन्डोनेसियाबाट ५० किलोवाटसम्मका ४ वटा विद्युतीय कार आयात भएको भन्सारको तथ्यांक छ। 

यस्तो थियो साउनको तथ्यांक

साउनमा १ सय १० वटा विद्युतीय कार आयात भएको थियो। यो अवधिमा सबैभन्दा धेरै ५१ देखि १ सय किलोवाटसम्मका विद्युतीय कार आयात भएको हो। 

५० किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कार २१ वटा आयात भएको थियो। त्यस्तै ५१ देखि १ सय किलोवाटसम्म मोटर क्षमता भएका ८१ वटा, १ सय १ देखि २ सय किलोवाटसम्म मोटर भएका ५ वटा र २ सय १ देखि ३ सय किलोवाटसम्म मोटर क्षमता भएका ३ वटा विद्युतीय कार आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा छ। 

नेपालमा चीन, भारत, कोरियालगायत मुलुकबाट विद्युतीय कार आयात हुँदै आएको छ। सरकार विद्युतीय कारको आयात र कर्जा प्रवाहमा समेत कडाइ नगरेकाले विद्युतीय कारको आयात तथा प्रयोग बढ्दै गएको छ।


प्रकाशित : आइतबार, असोज ७ २०८००८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend