सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सीजी मोटर्स र स्मार्टबीच व्यावसायिक सम्झौता, स्मार्टका विद्युतीय कार नेपाल आउने

आइतबार, असोज ७ २०८०
सीजी मोटर्स र स्मार्टबीच व्यावसायिक सम्झौता, स्मार्टका विद्युतीय कार नेपाल आउने

स्मार्टले चिनियाँ बजारमा १ सय ६४ वटाभन्दा बढी आफ्नै बिक्री तथा सेवाको आउटलेट बनाइसकेको छ भने २०२३ को अन्त्यसम्मा यसलाई २ सय वटा पुर्‍याउने लक्ष्य कम्पनीको छ। 

काठमाडौं- सीजी मोटर्सले अर्को चिनियाँ विद्युतीय सवारी ब्रान्ड नेपाल ल्याउने भएको छ। कम्पनीले स्मार्ट ब्रान्डका विद्युतीय कार आधिकारिक बिक्रेताका रुपमा नेपाल ल्याउन शनिबार सम्झौता गरेको हो। 

सीजी मोटर्सले पहिलो ब्याचको स्मार्ट वान नेपाली बजारमा छिट्टै ल्याउने बताएको छ। स्मार्टले विश्व बजारलाई लक्षित गरि आकर्षक विद्युतीय कार उत्पादन गर्दै आएको छ। 

१ सय ५० वर्षदेखि नेपालमा विभिन्न व्यवसाय गर्दै आएको सीजी कर्प ग्लोबल आन्तर्गतको सीजी मोटर्सले न्यू इनर्जी सवारीलाई प्राथमिकता दिने नीति लिएको छ। सोहीअनुसार कम्पनीले शून्य प्रदूषण सवारी आयात गरेर बिक्री गर्दै आएको छ। स्मार्ट र सीजी मोटरबीच भएको सम्झौताअनुसार स्मार्ट उत्पादन गरेका प्योर विद्युतीय सवारी ल्याउने तय भएको हो। 

स्मार्टका विद्युतीय कार अत्याधुनिक विशेषतायुक्त नयाँ विलासी पनि अनुभुत गराउने कम्पनीले जनाएको छ। स्मार्टले ‘सिनो–युरोपियन डुअल कोर, ग्लोबल लेआउट’ थिमका आधारमा विद्युतीय कार उत्पादन गर्दै आएको छ। स्मार्टले विश्व बजार सोही थिमअनुसार बिक्री तथा बिक्रीपछिको सेवालाई विस्तार गरिरहेको छ। 

cg motor and smart.jpg

स्मार्टले चिनियाँ बजारमा १ सय ६४ वटाभन्दा बढी आफ्नै बिक्री तथा सेवाको आउटलेट बनाइसकेको छ भने २०२३ को अन्त्यसम्मा यसलाई २ सय वटा पुर्‍याउने लक्ष्य कम्पनीको छ। 

त्यस्तै युरोपेली बजारमा दीर्घकालिन रणनीतिक साझेदारसहित बिक्री तथा सेवा केन्द्रको विस्तारमा स्मार्ट केन्द्रित भएको छ। स्मार्टले हालसम्म युरोपका विभिन्न देशमा करिब ३ सय वटा सेल्स तथा सर्भिस आउटलेट बनाइसकेको दाबी गरेको छ। 

दक्षिणपूवी एसियामा स्मार्टले मलेसियालाई लक्षित गरि यही वर्षको अन्त्यसम्ममा स्मार्ट वान सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसका लागि स्मार्ट र मलेसियन कार उत्पादक कम्पनी प्रोटोन मोटर्सबीच एमओयू भएको थियो। यसले स्मार्टको विदेशमा पनि उत्पादन क्षमता विस्तार हुने विश्वानस कम्पनीको छ। 

यसअघि सीजी मोटर्सले होजोन अटोमोबाइलले उत्पादन गरेको निटा ब्रान्डका विद्युतीय कार तथा केवाईसी र किङलङ ब्रान्डका विद्युतीय भ्यान नेपाली बजारमा बिक्री गर्दै आएको छ। सीजीले अब स्मार्टका नयाँ विद्युतीय कार उपलब्ध गराउने छ। केही महिनाभित्र स्मार्टका विद्युतीय कार नेपाली उपभोक्ताले पाउने कम्पनीले जनाएको छ। 


प्रकाशित : आइतबार, असोज ७ २०८००६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend