सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आईएमईको डबलको डबल अफरका बम्पर उपहार घोषणा, दोलखाका जीवेश दाहालले पाए आठ गुणा रकम 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २ २०७८
आईएमईको डबलको डबल अफरका बम्पर उपहार घोषणा, दोलखाका जीवेश दाहालले पाए आठ गुणा रकम 

रेमिट्यान्स सेवामा आईएमईले अहिलेसम्म नेतृत्व गरेको र भविष्यमा डिजिटल रेमिट्यान्स क्षेत्रमा पनि सेवाग्राहीलाई सहज र सस्तो सेवा दिइने बताए।

काठमाडौं- रेमिट्यान्स सेवाप्रदायक कम्पनी आईएमईले चाडपर्वका अवसरमा ल्याएको डबलको डबलको डबल  अफरका बम्पर विजेता घोषणा गरेको छ। 

२०७८ को चाडपर्वको अवसरमा कम्पनीले ल्याएको यो अफरमा सहभागी भएकामध्येबाट लक्की ड्र बाट एकजना विजेता छनौट भएका हुन्।

यो अफर ५७ दिन यो अफर चलेको थियो। यसमा सहभागी मध्येबाट जीवेश दाहाल  बम्पर विजेता भएका हुन्  उनले अफर अवधिमा दुबईबाट आईएमई मार्फत १ लाख ५६ हजार रुपैयाँ नेपनल पठाएका थिए। अफरअनुसार उनले आफूले पठाएको रकमको आठ गुणा  १२ लाख ५२ हजार ४६४ रुपैयाँ पाउने भएका छन्। 

दोलखा निवासी दाहालले दुबईबाट आईएमई गरेका थिए।

असोज १ देखि  कात्तिक २६ सम्म चलेको यो अफरमा साप्ताहिक २ जनाका दरले १६ जना र मासिक २ जनाका दरले ४ जना पुरुस्कृत भइसकेका छन्। बम्पर लक्की ड्रबाट एकजनाले आठ गुणा रकम पाएका छन्।

यो अफरमा आईएमईबाट भुक्तानी लिने सबैले २ सय रुपैयाँ बोनस पाएका थिए।

ime1.jpg

अफरको शर्तअनुसार यसमा कम्पनीमा कार्यरत कर्मचारी, एजेन्ट, कम्पनीसँग कुनैपनि हिसाबले जोडिएका व्यक्ति यसमा सहभागी नभएको कम्पनीले जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै  आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीका लागि सहज र सुलभ सेवामा कुनै पनि कमी बाँकी नराख्ने बताए। 

रेमिट्यान्स सेवामा आईएमईले अहिलेसम्म नेतृत्व गरेको र भविष्यमा डिजिटल रेमिट्यान्स क्षेत्रमा पनि सेवाग्राहीलाई सहज र सस्तो सेवा दिइने बताए।

रेमिट्यान्स सेवालाई प्रविधिमैत्री बनाउनैपर्ने दायित्व पनि आईएमईकै रहेको आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

रेमिट्यान्सलाई सहज बनाउनुका साथै राज्यले यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउँदा देशले अझै लाभ लिने उनको भनाइ छ। 

'आईएमईले औपचारिक च्यानलबाट रेमिट्यान्स ल्याउनका लागि  सँधै अग्रसर भएर काम गरिरहेको  छ। यस्तै प्रोत्साहनमूलक कामले पनि औपचारिक च्यानललाई सघाउ पुग्ने छ' ढकालले भने।


प्रकाशित : बिहीबार , मंसिर २ २०७८०९:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend