आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अरुण-३ निर्माणमा भइरहेको अवरोधले विदेशी लगानीलाई निरुत्साहित गर्छ : इप्पान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ४ २०८०
अरुण-३ निर्माणमा भइरहेको अवरोधले विदेशी लगानीलाई निरुत्साहित गर्छ : इप्पान

काठमाडौं- संखुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण-३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विदेशी लगानीमा निर्माणाधीन आयोजनामा भइरहेको यस प्रकारको अवरोधले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने हुँदा यो विषयमा आफूहरू चिन्तित रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूले जनाएका छन्। 

आयोजना निर्माणका क्रममा निस्किएका कुनै पनि विवादलाई वार्ता र छलफलका माध्यमबाटै समाधान गरेर जान सकिने जनाउँदै इप्पानले यसका लागि आयोजना र स्थानीयका बीचमा सरकारले मध्यस्थता गरेर भएपनि वार्ताबाटै निकास दिन र आयोजनाको काम यथाशक्य चाडो सुरु गराउन आग्रह गरेको छ। 

'अहिले भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) ले द्रुत गतिमा काम अघि बढाइरहेको बेला भएको अवरोधले ऊर्जा क्षेत्रमा सक्रिय रुपमा लागेका स्वदेशी तथा विदेशी प्रवर्द्धकहरूलाई दु:खी बनाएको छ', विगतमा पनि आयोजनाको विषयलाई लिएर विवाद हुँदा आयोजना बनाउन अघि सरेको विश्व बैंकले हात झिकेको कुरा स्मरण गराउँदै इप्पानले विज्ञप्तीमार्फत भनेको छ, 'अतः आयोजना निर्माणमा भइरहेको अवरोध हटाइ काम सुरु गराउनका लागि नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौँ।'


प्रकाशित : बिहीबार , असोज ४ २०८०१२:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend