सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टाटाको विद्युतीय पिकअप 'एस ईभी' सार्वजनिक, अफरसहितको मूल्य २६ लाख ९९ हजार रुपैयाँ

बिहीबार , असोज ४ २०८०
टाटाको विद्युतीय पिकअप 'एस ईभी' सार्वजनिक, अफरसहितको मूल्य २६ लाख ९९ हजार रुपैयाँ

शून्य प्रदूषण सवारीलाई प्राथमिकता दिने सरकारी नीतिलाई नै सहयो पुग्ने गरि लाइट कमर्सियल सवारीमा पनि विद्युतीय भर्सन नेपाल भित्र्याइएको सिप्रदीले जनाएको छ। 

काठमाडौं- विद्युतीय कारमा आक्रामक देखिएको टाटा मोटर्सले नेपाली बजारमा विद्युतीय लाइट कमर्सियल सवारी ल्याएको छ। बिहीबार टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस ईभी सार्वजनिक गरेको हो। 

सिप्रदीले टाटा मोटर्सले उत्पादन गरेको विद्युतीय प्यासेन्जर कार बिक्री गर्दै आएकोमा अब कमर्सियल सेगमेन्टमा पनि विद्युतीय सवारी ल्याएको हो। शून्य प्रदूषण सवारीलाई प्राथमिकता दिने सरकारी नीतिलाई नै सहयो पुग्ने गरि लाइट कमर्सियल सवारीमा पनि विद्युतीय भर्सन नेपाल भित्र्याइएको सिप्रदीले जनाएको छ। 

विद्युतीय सवारी प्रति बढ्दै गएको उपभोक्ताको चाहनालाई सम्बोधन गर्दै आएको टाटा मोटर्स र सिप्रदीले नेपाली बजारमा एस ईभी कमर्सियल सवारी सार्वजनिक गरिएको सिप्रदीका प्रमुख कार्यकारी अधिकृत रामबाबु श्रेष्ठले बताए। सिप्रदीले सवारी बिक्रीमात्र नभइ बिक्रीपछिको सेवालाई हिजो जसरी दिँदै आएको छ ईभीमा पनि त्यस्तै गरि सेवा दिन चार्जिङ स्टेसन, सर्भिस र दक्ष जनशक्ति विकास गरिसकेको र यसलाई विस्तार गर्दै जाने श्रेष्ठको भनाइ छ।

टाटा मोटर्सले शून्य प्रदूषण सवारीलाई प्राथमिकता दिने नीति लिएको र सोहीअनुसार नेपालमा कमर्सियल सेगमेन्टमा टाटा एस ईभी नेपालमा सार्वजनिक भएको टाटा मोटर्स कमर्सियल भेहिकल इन्टरनेसनल बिजनेस हेड अनुराग मेहोत्राले बताए। 'एस ईभी इन्टरनेसनल बजारमा सार्वजनिक हुने पहिलो देश हो। सरहभित्र कार्गोका लागि एस ईभी उपयुक्त हुनेछ,' उनले भने, 'विद्युतीय सवारी उपलब्ध गराएसँगै आवश्यक पर्ने सबै सुविधा उपलव्ध गराउन टाटा मोटर्स सँधै तयार छ।'

लाइट कमर्सियल सेगमेन्टमा नेपाली बजारमा धेरैले रुचाएको टाटाको एस विद्युतीय भर्सनमा नेपाल आएको हो। सहरी क्षेत्रमा सामान ओसारपसार गर्न निक्कै उपयोगी ठहरिएको एस विद्युतीय भर्सनमा आएकाले अब दैनिक सञ्चालन खर्चसमेत न्यून हुनेछ। 

टाटा एस ईभीमा २१.३ किलोवाट आवर ब्याट्री प्याक रहेको छ। यो पिकअपले एक पटकको फुल चार्जमा १ सय ५४ किलोमिटर रेन्ज दिन कम्पनीले जनाएको छ। ग्रस भेहिकल वेइट १८ सय ४० किलो रहेको एस ईभीको पेलोड क्यापासिटी ६ सय किलो छ। 

एस ईभीको अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ। यो पिकअपको अधिकतम टर्क १ सय ३० एनएम छ। एस ईभीको वास्तविक मूल्य २९ लाख ५० हजार तोकिएको छ। तर सुरुवाती चरणमा भने अफरसहित २६ लाख ९९ हजारमा नै गाडी उपलब्ध गराउने कम्पनीले जनाएको छ।  

सिप्रदीले भदौ २६ गते नाडा अटो शोमा बहुप्रतिक्षित टियागो ईभी नेपाली बजारमा सार्वजनिक गरेको थियो। यसअघि टाटाको नेक्सन ईभी, टिगोर ईभी, नेक्सन ईभी म्याक्स र विद्युतीय ट्याक्सीमा एक्सप्रेस टी ईभी नेपाली बजारमा उपलब्ध रहेको छ। 

Tata.jpg

एस ईभीको वास्तविक मूल्य २९ लाख ५० हजार तोकिएको छ।  तर सुरुवाती चरणमा भने अफरसहित २६ लाख ९९ हजारमा नै गाडी उपलब्ध गराउने कम्पनीले जनाएको छ। 

गाडी लन्चसँगै दराज, उपायसिटी र वर्लिंक कम्युनिकेसनले एस ईभी खरिद गरेको कम्पनीले जनाएको छ। 


प्रकाशित : बिहीबार , असोज ४ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend