आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

तनहुँ जलविद्युत् आयोजनाको ११ सय मिटर सुरुङ निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ३ २०८०
तनहुँ जलविद्युत् आयोजनाको ११ सय मिटर सुरुङ निर्माण

प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माण भइरहेको छ। उक्त प्याकेजको कामका लागि केइसीसँग सन् २०१८ डिसेम्बर २५ मा सम्झौता भएको थियो। उक्त प्याकेजको ६९ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।

तनहुँ- जिल्लाको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहतर्फ ११ सय मिटर लामो सुरुङ निर्माण गरिएको छ। 

कुल एक हजार चार सय ५६ मिटर सुरुङमध्ये अब तीन सय ५६ मिटर दूरी खन्न बाँकी रहेको आयोजनाले जनाएको छ। निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगतितर्फ ४३ प्रतिशत काम सम्पन्न भइसकेको तनहुँ जलविद्युत् लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। आयोजनाको प्याकेज-१ अन्तर्गत बाँध निर्माण कार्यको २५ प्रतिशत भौतिक प्रगति भएको उनले बताए।  

उक्त प्याकेजको ठेक्का सोङ दा-कालिका जेभीले विसं २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा सम्झौता गरेको थियो। प्याकेज-२ अन्तर्गत १, २ र ३ को विद्युत् गृह जाने सुरुङको सबै कार्य सम्पन्न भइसकेको छ। यस प्याकेजअन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने कार्य भइरहेको छ। वन नीतिका कारण अहिले विद्युत् टावर निर्माणमा समस्या भएको छ। उक्त प्याकेजको ४५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख राजाभाई शिल्पकारले जानकारी दिए। 

कुल ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ। हालसम्म करिब एक किलोमिटर प्रसारण लाइन जडान गरिएको आयोजनाले जनाएको छ। प्रसारण लाइनको सन् २०२२ मे सम्ममा सम्पन्न गर्ने लक्ष्य रहे पनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ भएका कारण सन २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ। 

त्यसैगरी, आयोजनाको प्याकेज २ अन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ।  विसं २०७५ असोज १५ गते तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा सम्झौता भएको थियो थियो। सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृत् गृहको सुरुङ खन्ने कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ। विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि सुरु भएको हो। 

त्यसैगरी प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माण भइरहेको छ। उक्त प्याकेजको कामका लागि केइसीसँग सन् २०१८ डिसेम्बर २५ मा सम्झौता भएको थियो। उक्त प्याकेजको ६९ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज ३ २०८००४:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend