सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टाटा एस ईभी नेपाल आउने निश्चित, बिहीबार सार्वजनिक हुने

सोमबार, असोज १ २०८०
टाटा एस ईभी नेपाल आउने निश्चित, बिहीबार सार्वजनिक हुने

यो पिकअपले एक पटकको फुल चार्जमा १ सय ५४ किलोमिटर रेन्ज दिन कम्पनीले जनाएको छ।

काठमाडौं- विद्युतीय कारमा आक्रामक देखिएको टाटा मोटर्सले नेपाली बजारमा पिकअप ईभी ल्याउने भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बिहीबार 'एस ईभी' सार्वजनिक गर्ने तय भएको हो। 

सिप्रदीले टाटा मोटर्सले उत्पादन गरेको विद्युतीय प्यासेन्जर कार बिक्री गर्दै आएकोमा अब कमर्सियल सेगमेन्टमा पनि विद्युतीय सवारी ल्याउने भएको हो। लाइट कमर्सियल सेगमेन्टमा धेरैले रुचाएको टाटाको एस अब विद्युतीय भर्सनमा नेपाल आउने भएको हो। 

टाटाको उक्त एस ईभी नेपाल भित्रिएको र बिहीबार सार्वजनिक गर्ने तय भएको टाटा मोटर्स ट्रक्स एन्ड बस नेपालले जानकारी दिएको छ।

सिप्रदीले आइतबार सकिएको नाडा अटो शोमा बहुप्रतिक्षित टियागो ईभी नेपाली बजारमा सार्वजनिक गरेको थियो। 

tata ace ev.jpg

यसअघि टाटाको नेक्सन ईभी, टिगोर ईभी, नेक्सन ईभी म्याक्स र विद्युतीय ट्याक्सीमा एक्सप्रेस टी ईभी नेपाली बजारमा उपलब्ध रहेको छ। लाइट कमर्सियल सेमेन्टमा पनि विद्युतीय सवारी आएको छ। 

टाटा एस ईभीमा २१.३ किलोवाट आवर ब्याट्री प्याक रहेको छ। यो पिकअपले एक पटकको फुल चार्जमा १ सय ५४ किलोमिटर रेन्ज दिन कम्पनीले जनाएको छ। ग्रस भेहिकल वेइट १८ सय ४० किलो रहेको एस ईभीको पेलोड क्यापासिटी ६ सय किलो छ। 

एस ईभीको अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ। यो पिकअपको अधिकतम टर्क १ सय ३० एनएम छ। यसको मूल्यलगायत विषय भने कम्पनीले खुलाएको छैन।


प्रकाशित : सोमबार, असोज १ २०८०१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend