शनिबार, साउन १२ गते २०८१    
images
images
images

२०२२ मा विश्वको सबैभन्दा ठूलो ऊर्जा स्रोत कुन?

images
मंगलबार, असोज २ २०८०
images
images
२०२२ मा विश्वको सबैभन्दा ठूलो ऊर्जा स्रोत कुन?

विश्वको सम्पूर्ण कोइलाको मागमध्य ५३.३ प्रतिशत चीनमा रहेको छ। चीनलाई पक्ष्याएको भारतले १३.६ प्रतिशत कोइला खपत पर्छ। 

images

काठमाडौं- विश्वले क्लिन इनर्जी अर्थात स्वच्छ ऊर्जाबारे बहसमात्र गरिरहेको छैन, सक्दो प्रयोगमा समेत जोड दिइरहेको छ। त्यसैले सवारी साधन पनि शून्य प्रदूषणमा आधारितलाई नै प्राथमिकता दिइँदै छ। तर अहिले पनि विश्वको सबैभन्दा ठूलो ऊर्जाको स्रोत कोइला नै रहेको छ। 

images
images

२०२२ मा विश्वमा २९ हजार १ सय ६५.२ टेरावाट आवर(टीडब्लूएच) विद्युत उत्पादन भएको थियो। यो २०२१ को तुलनामा २.३ प्रतिशतले धेरै हो। 

images

उक्त मात्रामा विद्युतीय उत्पादन हुँदा त्यसमा सबैभन्दा ठूलो हिस्सा कोइलाले नै ओगटेको छ। स्टाटिस्टिकल रिभिउ अफ वल्ड इनर्जीका अनुसार २०२२ मा २९ हजार १ सय ६५.२ टेरावाट आवर विद्युत उत्पादन गर्न ३५.४ प्रतिशत योगदान कोइलाको रहेको थियो। त्यस्तै २२.७ प्रतिशत हिस्सा प्राकृतिक ग्यासको रहेको थियो। 

विश्वमा २०२२ मा उत्पादन भएको कुल विद्युतको हिस्सामा जलविद्युतको हिस्सा १४.९ प्रतिशतमात्र थियो। 

images

विश्वमा उत्पादन भएको कुल विद्युत मध्य एक तिहाइ कोइला बालेर निकालिएका छ भने त्यो विद्युत जम्मा तीनवटा देशले खपत गरिरहेका छन्। विश्वमा सबैभन्दा धेरै कोइला खपत गर्ने देश चीन अग्रस्थानमा छ। विश्वको सम्पूर्ण कोइलाको मागमध्य ५३.३ प्रतिशत चीनमा रहेको छ। चीनलाई पक्ष्याएको भारतले १३.६ प्रतिशत कोइला खपत पर्छ। 

भारतपछि धेरै कोइला खपत गर्नेमा अमेरिका रहेको छ। अमेरिकाले विश्वमा खपत हुने कुल कोइलाको ८.९ प्रतिशत खपत गरिरहेको छ। 

विद्युत उत्पादनका लागि बालिने कोइला, खानीजन्य उद्योगमा प्रयोग हुने कोइला र सिमेन्ट उत्पादनका लागि प्रयोग हुने कोइला नै कार्बन्डाइअक्साइडको सबैभन्दा ठूलो स्रोत हो। १९९७ यता कोइला बालेर विद्युत उत्पादनदर ९१.२ प्रतिशतले बढेको छ। यही वर्ष अर्थात १९९७ मै जापानमा ग्लोबल क्लाइमेट एग्रिमेन्ट भएको थियो। 

नवीकरणीय बढ्दै

२०२२ मा विश्वमा उत्पादन भएको कुल विद्युत मध्ये नवीकरणीयको हिस्सा १४.४ प्रतिशत पुगेको छ। नवीकरणीय ऊर्जामा सोलार, वायु र जियोथर्मल पर्छ। सोलार र वायुबाट विद्युत उत्पादन पछिल्ला वर्षहरुमा वार्षिक १४.७ प्रतिशतका दरले वृद्धि भइरहेको छ। 

इन्टरनेशनल इनर्जी एजेन्सीले भने जलविद्युतलाई पनि नवीकरणीय ऊर्जा प्राविधिमा राखेको छ। जलविद्युतलाई पनि नवीकरणीय ऊर्जामा राख्दा २०२२ मा भएको कुल विद्युत उत्पादनमा नवीकरणीयको हिस्सा २९.३ प्रतिशत रहेको छ। यसको वार्षिक वृद्धिदर औषतमा ७.४ प्रतिशत छ।

भविष्यउन्मुख ऊर्जा 

मेकानिकल ऊर्जालाई विद्युतीय ऊर्जामा परिणत गर्नु तुलनात्मक रुपमा स्टेटफर्वाड प्रकृया हो। आधुनिक ऊर्जा केन्द्रमा यो इन्जिनियरिङ पक्कै महत्वपूर्ण हुनेछ। तर अहिलेपनि १८३१ मा माइकल फराडेले पहिलोपटक प्रतिपादन गरेको जेनेरेटरबाटै काम भइरहेको छ। 

यद्यपी मेकानिकल ऊर्जा अलि बढी जटिल छ। न्यूक्लियर ऊर्जा पनि प्रदूषणसहित भएपनि यसले रोडियोएक्टिभ फोहर पैदा गर्छ। पृथ्वीकै तापक्रम बढी रहँदा न्यूक्लियर ऊर्जाबारे विश्वले गरेको प्रतिबद्धताअनुसार स्वच्छ ऊर्जामा परिणत हुन भने कठिन देखिएको छ।   


प्रकाशित : मंगलबार, असोज २ २०८००३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend