सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नाडा अटो शो २०२३ मा ५ सयभन्दा बढी टाटा टियागो ईभीको बुकिङ 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १ २०८०
नाडा अटो शो २०२३ मा ५ सयभन्दा बढी टाटा टियागो ईभीको बुकिङ 

सुरुवाती मूल्य २१ लाख ९९ रुपैयाँमा नेपाली बजारमा सार्वजनिक गरिएको टियागो ईभीको अटो शोको ६ दिनमा ५ सयभन्दा  बुकिङ भएको कम्पनिले जनाएको छ।

काठमाडौं- नाडा अटो शो २०२३ मै नेपाली बजारमा सार्वजनिक भएको टाटा टियागो ईभी ५ सय वटाभन्दा बढी बुकिङ भएको छ। 

नेपालका लागि टाटा मोर्टसको आधिकारिक बिक्रता सिप्रदी ट्रेडिङ प्रालिले भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भएको १५औँ संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेको थियो। 

सुरुवाती मूल्य २१ लाख ९९ रुपैयाँमा नेपाली बजारमा सार्वजनिक गरिएको टियागो ईभीको अटो शोको ६ दिनमा ५ सयभन्दा  बुकिङ भएको कम्पनिले जनाएको छ। साथै नाडा अटो शोमा नै सार्वजनिक गरिएको टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको सिप्रदीले जनाएको छ।

Tata Motors booking at NADA Autoshow.JPG

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले नाडा अटो शोमा अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाएको उत्साह सराहनीय रहेको बताए। ‘यसले हामीमा थप उर्जा दिएको छ। साथै जुन हिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्र नभएर बुकिङ पनि गरिदिनु भएको छ, त्यसले हामीले नेपाली उपभोक्ताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको महसुस गरेका छौँ।’ आगानी दिनमा बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्रयाउने सुप्रदी दृढ रहेको उनको भनाइ छ।  

टियागो ईभी दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध रहेको छ। १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री प्याकमा भारतमा उत्पादन भइरहेकाले सिप्रदीले दुवै वा एक ब्याट्री प्याक अप्सनमा ल्याएको छ। १९.२ किलोवाट आवर ब्याट्री प्याकयुक्त टियागो ईभीले २ सय ५० किलोमिटर र २४ किलोवाट आवर ब्याट्रीयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज छ। 

Tata Motors booking at NADA Autoshow.JPG

सिप्रदीले टियागो ईभी ४ कलर अप्सनमा उपलब्ध गराएको छ। टाटा मोटर्सले भारतमा ४ महिनामै १० हजार वटा उपभोक्तालाई हस्तारन्तरण गरेको थियो। सार्वजनिक भएको ४ महिनामा १० हजार वटा बिक्री हुने टियागो ईभी नै पहिलो कार भएको टाटा मोटर्सको भनाइ छ। 

लिक्युड-कुल्ड ब्याट्र र मोटरका साथ उपलब्ध टियागो ईभीमा कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ। १५ एम्पियर प्लगबाट चार विभिन्न चार्जिङ अप्सन दिइएको छ। ३.३ केडब्लू एसी र ७.२ केडब्लू एसी होम फास्ट चार्जरले ३० मिनेट चार्ज गर्दा ३५ किलोमिटर कार कुदाउन सकिन्छ। १० देखि सय प्रतिशत पुग्न ३ घण्टा ३६ मिनेट लाग्ने छ भने टियागो ईभीका लागि डीसी फास्ट चार्जिङ पनि उपलब्ध छ।  

नेपाली बजारमा टियागो ईभीको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकेको छ।  टियागो ईभी फुल अप्सनको मूल्य २७ लाख ९९ हजार रुपैयाँसम्म तय गरेको छ। सिप्रदीले टाटाका नेक्सन ईभी, टिगोर ईभी, नेक्सन ईभी म्याक्स बिक्री गर्दै आएको छ। त्यस्तै ट्याक्सीमा एक्सप्रेस टी ईभी पनि उपलब्ध रहेको छ।


प्रकाशित : सोमबार, असोज १ २०८००५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend